धनकुटामा पार्वती राईकाे अध्यक्षतामा समाजवादी मोर्चा गठन

नरेन्द्र कश्चित

धनकुटामा जनता समाजवादी पार्टी धनकुटाका कार्यवाहक अध्यक्ष पार्वती राईको अध्यक्षतामा ८ सदस्यीय समाजवादी मोर्चा घोषणा गरिएको छ ।

बुधबार जिल्लास्तरीय भेलाबाट माेर्चा घाेषणा गरिएकाे हाे ।

विभिन्न समयमा भएका विभिन्न आन्दोलनहरुबाट प्राप्त उपलब्धिहरु संविधानमा सुरक्षित रहेको तर पछिल्लो समयमा ती उपलब्धिहरुमाथि गलत भाष्य निर्माण गरिरहेकाले चार दलीय समाजवादी मोर्चा गठन गर्नुपरेको घोषणा सभाका प्रमुख अतिथि जनता समाजवादी पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य रकम चेम्जोङले बताए ।

संघीयताको कारणले देशमा भ्रष्टाचार, साम्प्रदायिक दंगा, सुशासन कायम भएन भनेर गलत भाष्य निर्माण गरेर भ्रमको खेतीबाट प्राप्त उपलब्धिहरुमाथि आक्रमण हुन थालेकाले संविधानकाे रक्षाको लागि समेत समाजवादी मोर्चाको अघि बढेको उनले बताए ।

उनले तल्लो तहसम्मै मोर्चा गठन गरिँदै लगिने समेत बताए ।

जिल्लास्तरीय सन्देश तथा घोषणा सभाले सदस्यहरुमा नेकपा माओवादीका धनकुटा संयोजक कुसुम कुमारी श्रेष्ठ, अर्जुन राई, ध्रुव सि, जीवन कुथुमी राई, विष्णुकुमारी कदाङवा, सरोज राई र नवीन सि चयन गरेको छ ।

घोषणा सभामा समाजवादी सिद्धान्त बोकेका नेपालका पार्टीहरुले समाजवाद स्थापनाको लागि समाजवादी मोर्चा गठन गर्न परेको नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का केन्द्रीय सदस्य तथा समाजवादी मोर्चा १ नं प्रदेश सदस्य सरिता खड्काले बताइन् ।

नेत्र विक्रम चन्दको नेपाल कम्युनिष्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य दिपेश सि.ले अझै पनि श्रमिक, मजदुरहरुको राज्यसत्ता प्राप्त नभइसकेकोले वैज्ञानिक समाजवाद प्राप्तिको लागि समाजवादी मोर्चा घोषणा गरिएको बताए ।

घोषणा सभा जनता समाजवादी पार्टी नेपाल धनकुटाका कार्यवाहक अध्यक्ष पार्वती राई अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र धनकुटाका संयोजक कुसुम कुमारी श्रेष्ठले स्वागत मन्तब्य राखेकी थिइन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img