असाेज २९ देखि अनिश्चितकालीन धनकुटा बन्द

धनकुटा जाने सबै नाका बन्द

प्रदेश नंं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिले धनकुटा चौबिसेका मनकुमार याम्फु, बुलन चेम्जोङ र सानु लिम्बुलाई असोज २८ गतेभित्र नछोडे २९ गतेदेखि अनिश्चितकालीन धनकुटा बन्द गर्ने घोषणा गरेको छ ।

समितिले आज प्रेस विज्ञप्ति जारी गरी प्रहरीले पक्राउ गरेका तीनजनालाई नछोड्ने हो भने असोज २९ देखि अनिश्चितकालीन धनकुटा बन्द गर्ने चेतावनी दिएको हो ।

पहिचान आन्दोलनमा संलग्न हुँदै आएका उनीहरुलाई गत असोज २५ गते प्रहरीले घरबाटै पक्राउ गरेकाे थियाे ।

उनीहरुमाथि झुटाे मुद्दा लगाइएको छ ।

समितिले आन्दोलन अनुरुप असोज २७ गते दिउँसो १२ बजे इलाका प्रहरी कार्यालय राजारानी घेराउ गर्ने, असोज २८ गते धनकुटामा विरोध कार्यक्रम गर्ने र असोज २९ गते सुनसरीको धरान–भेडेटार, बराहक्षेत्र, मोरङको लेटाङ सिंहदेवी हुँदै बुधबारे, पाँथचरको ६ नं. बुधबारे–रवि, तेह्रथुम र भोजपुरबाट धनकुटा जाने सबै नाका बन्द गर्नेछ ।

असोज ३० गतेदेखि भने अनिश्चितकालका लागि धनकुटा जिल्ला बन्द गरिने विज्ञप्तिमा उल्लेख छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्