फोहोरले ढाक्यो ललितपुरकाे माङखिम

किरातीहरुको पवित्र सांस्कृतिक स्थल ललितपुरको हात्तीवनस्थित माङखिम/माङहिम क्षेत्रमा यतिबेला जताततै फोहोर गरिएको छ ।

केही समयअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अगुवाइमा माङखिमकाे सरसफाइ गरिएको थियो ।

मन्त्री किरातीले विभिन्न समुदायको सांस्कृतिक स्थलहरुको सरसफाइ गर्ने अभियान अनुरुप माङखिमको पनि सरसफाइ गरेका थिए ।

तर, अहिले सो क्षेत्रमा जताततै पानीका बोतल, बियर तथा रक्सीका बोतल र प्लास्टिकजन्य फोहोरहरु देख्न सकिन्छ ।

बिहान ६ देखि बेलुकी ६ बजेसम्म खुला रहने सो क्षेत्र हरियाली र एकान्त समेत भएकाले मानिसहरु घुम्ने गर्छन् ।

फुर्सदका बेला परिवार नै सो क्षेत्रमा जाने र आफूले घरमा पकाएर लगेका खाना खाने गर्दछन् ।

तर, उनीहरुले खाएर उत्पादन भएका फोहोर त्यही छोड्ने गर्छन् । माङखिम क्षेत्रमा आवश्यक डस्टविनहरुको व्यवस्था नगरिएकोले पनि फोहोर छरिएको हो ।

माङखिमको पूर्वपट्टिका घरबेटीहरुले समेत जंगल भएकोले सोही ठाउँमा फोहोर फाल्ने गरेको पाइएको छ ।

माङखिम राई, लिम्बु, याक्खा र सुनुवारहरुको साझा सांस्कृतिक स्थल हो ।

सांस्कृतिक स्थल सफा र सुन्दर हुनुपर्नेमा त्यस्तो हुन सकेको छैन । सम्बन्धित निकायले यसमा ध्यान दिन सकेको छैन ।

(सांस्कृतिक अभियान्ता भद्रगाेल किरातीकाे सहयाेगमा)

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्