शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेकाे संख्या १२८ पुगेको छ ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार जाजरकोटमा भूकम्पबाट ९२ जनाको निधन भएको छ भने ५५ जना घाइते भएका छन् ।
यसैगरी, रुकुम पश्चिममा ३६ जनाको निधन भएको छ र ८५ जना घाइते भएका छन् ।
यसबारे थप विवरण आउने क्रम जारी छ ।
भूकम्पमा परी घाइते भएकाहरुकाे उद्धार तथा उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको स्वास्थ्य टोली त्यसक्षेत्र गएकाे छ ।