नेपाली समाज अमेरिकाकाे अध्यक्षमा लोक चेम्जोङ

नेपाली समाज अमेरिकाको अध्यक्षमा लोक चेम्जोङ निर्वाचित भएका छन् । गत ३ डिसेम्बरमा सम्पन्न तेस्रो महाधिवेशनबाट चेम्जोङ अध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रत्यक्ष र भर्चुअल [जुम मिटिङ] माध्यमबाट गरिएको महाधिवेशनमा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ मुख्य अतिथि थिए ।

वरिष्ठ उपाध्यक्षमा ओमराज सम्बाहाङ्फे, उपाध्यक्षमा चिना योन्जन र सुमन बुढामगर, महासचिवमा शेखर राई, सचिवमा टंक सेलिङ, कोषाध्यक्षमा सुवर्ण शाक्य निर्वाचित भएका छन् ।

सदस्यहरुमा केशवराम राई, काजी शेर्पा, राम लिम्बु, तोङ्सा योङ्या, गणेश राई, मातृका गुप्ता, भीम माबो, मादी देवान, हरिप्रसाद जवेगु, गजेन्द्र सुब्बा, मिना चेम्जोङ, सेहाङ नेम्वाङ, देशहाङ हुक्पा चोङ्बाङ, मणि चेम्जोङ, देव पुन, भीमबहादुर थापामगर, लाल घले, प्रकाश परियार, विनोद राई र सामदेनला रुइत शेर्पा छन् ।

सबै पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत निर्वाचित भएका हुन् ।

महाधिवेशनमा जनता समाजवादी पार्टी नेपालका प्रवास कमिटी इन्चार्ज आङकाजी शेर्पा, केन्द्रीय सल्लाहकार डा. महेन्द्र लावती, प्रवास विशेष समितिका अध्यक्ष विश्वासदिप तिगेला, केन्द्रीय सदस्य पार्वती थापामगरले समेत शुभकामना दिएका थिए ।

नेपाल समाज अमेरिकाको अध्यक्षमा यसअघि समिर महर्जन थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्