पहिचानकाे आधारमा नाम राख्नुको अर्थ छैनः आहुति

पूर्व माओवादी नेता विश्वभक्त दुलाल ‘आहुति’ले वर्तमान सात प्रदेशको संरचना कायम रहिन्जेल सोही संरचनाभित्र पहिचानको आधारमा प्रदेश नामकरणको माग गर्ने आन्दोलनको औचित्य नरहेको बताएका छन् ।

उनले सात प्रदेशको सीमांकन गर्दा नै खस–आर्य समुदायको बाहुल्यता हुने गरी गरिएकोले त्यस्तो प्रदेशमा पहिचानको आधारमा नाम राख्दैमा पनि केही नहुने बताएका हुन् ।

किरात गणराज्य मोर्चा, यलखिम समितिले शनिबार काठमाडौंको कोटेश्वरमा आयोजना गरेको ‘पूर्वी नेपालमा जनविद्रोहको दिशाबोध’ शीर्षकको कार्यक्रममा आहुतिले सो कुरा बताएका हुन् ।

उनले पहिलो संविधानसभाको राज्य पुनःसंरचना समितिले तयार पारेको १४ प्रदेशको सीमांकन हुने गरी पहिचानको आन्दोलन नामंकनको सट्टा सीमांकनमा केन्द्रित हुनुपर्ने बताए ।

उनले भने, ‘हामीलाई मुक्ति चाहिएको छ भने अब प्रदेशको सीमांकनसहितको ठोस विषयमा प्रवेश गर्नैपर्छ, त्यसको विकल्प छैन ।’

उनले लिम्बुहरुको बाहुल्यता हुने गरी लिम्बुवान, किरातहरुको बाहुल्यता हुने गरी किरात, तामाङहरुको बाहुल्यता हुने गरी ताम्सालिङ प्रदेशको सीमांकनको आन्दोलन आन्दोलन हुनुपर्ने बताए ।

उनले कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा नाम राख्ने हो भने पनि सो प्रदेशमा खस आर्य समुदायकै व्यक्ति मुख्यमन्त्री बन्ने गरी सीमांकन गरिएको बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्