सुम्निमा-पारुहाङकाे प्रतिमा निर्माण गर्न तक्मे बुढाकाे एक लाख सहयोग

‘तक्मे बुढा’ नामले परिचित कलाकार विल्सन विक्रम राईले धरान उपमहानगरपालिका–२० मा निर्माण गरिने सुम्निमा–पारुहाङको प्रतिमा निर्माणका लागि एक लाख रुपैयाँ सहयोग गरेका छन् ।

कलाकार राईले सोमबार आफ्नाे परिवारसहित धरानका मेयर हर्क साम्पाङलाई भेटेर उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

उनी मेयर साम्पाङलाई भेट्न बुबा डिल्लीबहादुर राई, श्रीमती सरिना लामा र छोरा विज्डमको साथमा पुगेका थिए ।

उनले आप्mनो बुबा र छोराको जन्मदिनको अवसर पारेर उक्त रकम सुम्निमा–पारुहाङको प्रतिमा निर्माणका लागि सहयोग गरेका हुन् ।

सो क्रममा कलाकार राईले सुम्निमा–पारुहाङ प्रतिमा निर्माण कार्य किरात सभ्यतासँग गासिएकाेले किरात भूगाेलमा बस्ने सबैले गर्व गर्नुपर्ने बताए ।

उनले प्रतिमा निर्माणका लागि आफ्नाे तर्फबाट पछि पनि सकेकाे सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

मेयर साम्पाङले कलाकार राईप्रति धन्यवाद प्रकट गर्दै धरान–२० मा सुम्निमा–पारुहाङको प्रतिमा मात्र नभएर सो क्षेत्रमा किरात सभ्यता, इतिहास र संस्कृतिको जीवित प्रतिबिम्बको रुपमा विकास गर्ने आफ्नाे योजना रहेको बताए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img