लिम्बुवान राष्ट्रिय समितिले आठौं प्रदेश पुनर्जागरण अभियान सञ्चालन गर्ने

जनता समाजवादी पार्टी नेपालकाे लिम्बुवान राष्ट्रिय समितिले आठौं प्रदेशकाे रुपमा लिम्बुवान प्रदेश निर्माणका लागि पुनर्जागरण अभियान चलाउने भएकाे छ ।

गत मंगलबार धरानमा सम्पन्न समितिकाे दाेस्राे पूर्ण बैठकले लिम्बुवान पुनर्जागरण अभियान चलाउने निर्णय गरेकाे हाे

अभियानका लागि ‘जसपा नेपाल लिम्बुवान राष्ट्रिय समितिको आह्वान, नेपालको अबको आठौं प्रदेश लिम्बुवान प्रदेश निर्माण’ भन्ने नारा समेत तय गरिएकाे छ ।

त्यस्तै बैठकले याक्थुङवाहरुको पबित्रस्थल मुक्कुमलुङमाथि अतिक्रमण गर्ने हेतुले राज्यले शक्ति प्रयोग गरेर जबर्जस्त केबलकार निर्माण गर्न खोजेकोप्रति भत्र्सना गरेकाे छ ।

राज्यको सो कार्यलाई निस्तेज गर्न आन्दोलनरत मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति र केबलकार खारेजी संयुक्त संघर्ष समितिको आन्दोलनलाई पूर्ण समर्थन गर्दै लिम्बुवान राष्ट्रिय समिति समेत आन्दोलनमा सहभागी हुने निर्णय गरिएकाे समितिका अध्यक्ष जेन्टल लावतीले बताए ।

बैठकले विभागहरुकाे प्रमुख, उपप्रमुखको जिम्मेवारी पनि ताेकेकाे छ ।

संगठन विभाग प्रमुखमा एबिराज आङ्देम्बे, युवा, विद्यार्थी तथा खेलकुद विभाग प्रमुखमा सन्जय मेवाहाङ राई, उपप्रमुखमा बिक्रम लेक्वा लिम्बु, महिला विभाग प्रमुखमा अग्निमाया मेचे, उपप्रमुखमा सुश्मा राई, पार्टी स्कुल तथा प्रशिक्षण विभाग प्रमुखमा केदार धिमाल, उपप्रमुखमा सजिब योङ्या, सूचना, संचार, विज्ञान तथा प्रबिधी विभाग प्रमुखमा अजितकुमार धिमाल, कृषि तथा भूमि ब्यवस्था बिभाग प्रमुखमा ओममाया आङदेम्बे, आर्थिक विभाग प्रमुखमा टुपेन्द्र एक्तेन, उपप्रमुखमा मणी लुङ्गेली, शिक्षा विभाग प्रमुखमा सन्तोष कुरुम्बाङ, उपप्रमुखमा सुर्य तमु, बौद्धिक पेसाकर्मी तथा ट्रेड युनियन विभाग प्रमुखमा सुरेन्द्र सुहाङ, उद्योग, बाणिज्य तथा आपूर्ति विभाग प्रमुखमा नारायणमान गुरुङ, आर्थिक, नीति तथा योजना विभाग प्रमुखमा क्षितिज लाओती, सांस्कृतिक तथा भाषा विभाग प्रमुखमा देउमान चेम्जोङ, उपप्रमुखमा श्रीप्रसाद धिमाल चयन गरिएकाे छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्