पहिचानवादीको साझा उम्मेदवार डकेन्द्रसिंह थेगिम

पहिचान पक्षधर आन्दोलनकारीहरुले इलाम २ को उपनिर्वाचनमा डकेन्द्रसिंह थेगिमलाई साझा उम्मेदवार घोषणा गरेका छन् ।

बिहीबार प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले काठमाडौंमा पत्रकार सम्मेलन गरी थेगिमलाई साझा उम्मेदवार घोषणा गरेको हो ।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जे शेर्पा, किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राई लगायत जातीय संस्थाका प्रतिनिधि तथा केपी पालुङ्वा, कुमार लिङ्देन, सन्जुहाङ पालुङ्वा लगायत पहिचान पक्षधर साना दलका नेता उपस्थित थिए ।

सो क्रममा संघर्ष समितिका संयोजक समेत रहेका उम्मेदवार थेगिमले इलाम २ बाट निर्वाचित भए कोशी प्रदेश नाम खारेज गरी ऐतिहासिक पृष्ठभूमि र सभ्यताको आधारमा प्रदेशको नाम राख्न पहल गर्ने बताए ।

‘मलाई विश्वास छ सबैको साझा स्वतन्त्र उम्मेदवार भएको हैसियतले सबैबाट मत प्राप्त गर्दै संघीय प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएर देश र जनताको लागि राम्रो काम गर्ने अवसर पाउनेछु,’ उनले भने, ‘अहिले प्रदेश नं १ मा जुन किसिमको पहिचानको मुद्दा उठिराखेको छ, पहिचानको संघर्ष भइराखेको छ र कोशी नाम राखेर त्यस भूगोलमा बसोबास गर्ने आम आदिवासी जनसमुदायको पहिचान र अस्तित्वलाई नामेट गर्ने काम भएको छ, त्यो नाम खारेजी गर्दै ऐतिहासिक पृष्ठभूमि र सभ्यताको आधारमा सबै भाषा, धर्म, संस्कृतिको संरक्षण गर्ने एउटा मूल भूमिका निर्वाह गर्ने पक्षमा लाग्नेछु ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्