मिनबहादुर गुरुङद्वारा बाल अस्पताल बनाउन ४१ करोड सहयोग

भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले काठमाडौंमा बाल अस्पताल निर्माणका लागि ४१ करोड सहयोग गर्ने घोषणा गरेका छन् ।

डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि गुरुङले उक्त सहयोग गर्ने घोषणा गरेका हुन् ।

हाल डा. कोइरालाको नेतृत्वमा सात वटै प्रदेशमा बाल अस्पताल निर्माण कार्य भइरहेको छ ।

गुरुङले शुक्रबार काठमाडौंको हेपाली हाइटस्थित अस्पताल निर्माण क्षेत्रमा पुगेर डा. कोइरालासँग भेटघाट गरे । सो क्रममा उनले आफ्नाे तर्फबाट ४१ करोड रुपैयाँ सहयोग रहने बताए ।

जसबाट डा. कोइराला निकै उत्साहित पनि भए ।

उनले भने, ‘हामीले पैसा नै नभएको बेला बनाउन थालेका हौं । मैले यो खुसीको क्षणलाई बयान गर्नै सकेको छैन । अहिले मैले यति मात्रै भन्छु– इट इज ह्युज अमाउन्ट । दिस इज गेम चेन्जर ।’

गुरुङसँग डा. कोइरालाले अस्पतालन निर्माणबारे सम्पूर्ण जानकारी गराएका थिए ।

गुरुङले सुरुमा घरबाट हिड्दा २५ करोड सहयोग गर्ने मनसाय बनाएका थिए । तर डा. कोइरालासँग भेटेर कुराकानी गरेपछि उनले ४१ करोड सहयोग गर्ने बताएका थिए ।

गुरुङले यसअघि पनि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा आफ्नाे आमाबुबाको नाममा दुई वटा भवन निर्माण गरिदिएका थिए ।

डा. कोइरालाले सबै प्रदेशमा अस्पताल बनाउने अभियान थालेपछि कोशी प्रदेशको झापामा मात्रै बाल अस्पताल बनेको छ ।

सो बाहेकका प्रदेशमा बाल अस्पताल बनाउने प्रयास उनले गरिरहेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्