मधेसी जनताले ९० प्रतिशत भाेट मधेसकै पार्टीहरुलाई दिएको भए…

राजनीतिक विश्लेषक सीके लालले मधेसका मतदाताले १० प्रतिशत मत मात्रै मधेसआश्रित पार्टीहरुलाई दिने गरेकाले उनीहरुले मधेसआश्रित पार्टीहरुबाट जवाफदेहिता पनि खोज्न नमिल्ने बताएका छन् ।

मधेसी एकता समाजले गत बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले मधेसी मतदाताले ९० प्रतिशत मत चाहिँ अन्य दलहरुलाई दिने गरेको भन्दै हाल उनीहरुले मधेसकेन्द्रित पार्टीहरुबाट जवाफदेहिता खोज्न नमिल्ने तर्क गरेका हुन् ।

साे क्रममा उनले सीमान्तकृत समुदायको भावना विपरीत बहुमतको आधारमा संविधान निर्माण गरिएको मधेस आन्दोलन भएको स्मरण गरे ।

उनले भने, ‘पहिलो संविधानसभा संविधानसभा थियो । दोस्रो संविधानसभा विधायिका थियो, जसले संविधान निर्माण गर्यो । बहुमतले संविधान जारी गरिएकोले त्यसको विरोध गर्दा मधेसमा १०० जना सहिद भए ।’

उनले अहिले संविधान संशोधनको चर्चा चलेकाे तर वर्तमान संविधान साचो अर्थमा संविधान नै नभएकोले त्यसमा के संशोधन हुने भन्ने प्रश्न रहेको बताए ।

राजनीति शास्त्रका प्राध्यापक डा. कृष्ण हाछेथुले मधेसी, आदिवासी-जनजातिलगायत सीमान्तकृत समुदायले चाहेको जस्तो संविधान संशोधन नहुने बताए ।

उनले कांग्रेस-एमाले जस्ता परम्परावादी पार्टीहरुको हातमा राष्ट्रिय राजनीतिको साचो रहेकोले सीमान्तकृत समुदायले सोचेको भन्दा विपरित दिशामा संविधान संशोधन हुन सक्ने बताए ।

संविधान संशोधनले अर्को जनआन्दोलनको अवस्था उत्पन्न हुन सक्ने भविष्यवाणी गर्दै हाछेथुले प्रतिगामी रुपमा संविधान संशोधन गरेर कांग्रेस र एमालेले मधेशी र जनजातिजस्ता सुतिरहेको बाघलाई जगाउन सक्ने अवसरको रुपमा यसलाई हेर्नुपर्ने धारणा राखे ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img