अविरल वर्षापछि आएको भीषण बाढीले शनिबार खोटाङ र उदयपुरलाई जोड्ने फोक्सिङटारस्थित सुनकोसीको पक्की सडक पुल बगाएको छ ।
स्थानीय ज्ञान राईले सुनकोसीमा आएको भीषण बाढीले फोक्सिङटारको सडक पुल बगाएको बताए ।
उक्त सडक पुलले खोटाङ जिल्लालाई सिधा तराईसँग जोडेको थियो ।
ठेकेदारको लापरबाही र स्थानीयको पटक–पटकको दबाबपछि बल्ल बल्ल दश वर्षमा पुल बनेको थियो ।
२२ करोड ६७ लाख रुपैयाँमा निर्माण गरिएको उक्त पुल २०७९ सालको पुसदेखि सञ्चालनमा ल्याइएको थियो ।
प्रदेश सांसद भुपेन्द्र राईले उक्त पुल बगाएपछि प्राकृतिक विपदले खोटाङ जिल्लालाई ठुलो धक्का दिएको जनाएका छन् ।
‘तराईसँग जोड्ने फोक्सिङटाको पुल बगाएर खोटाङ जिल्लालाई फेरि चुनौती दिएकोे छ । यो प्रकृतिले दिएको चुनौती सामना हामी सबै मिलेर गर्नुपर्छ,’ सामाजिक सञ्जालबाट भनेका छन्, ‘पुल, सडक, भवन र बाटोहरु त फेरि पनि बनाउला तर यतिबेला मानवीय क्षति हुनबाट जोगिऔं ।’
वास्तविक आजको दिन भनेको कसरी मानबिय क्षेती रोक्ने भन्ने नै सबैको प्राथमिकता हुन जरुरी छ।