खोटाङको बुवाँखोलामा १७ करोडमा बन्ने सडक पुलको शिलान्यास

खोटाङस्थित जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकाको सिमानामा पर्ने बुवाँखोलामा पक्की सडक पुल निर्माणको शिलान्यास गरिएको छ ।

कोशी प्रदेशकाे भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले गत बिहीबार उक्त पुलको शिलान्यास गरेका हुन् ।

१७ करोड ५८ लाख ७९ हजार ७२९ रुपैयाँ लागतमा उक्त पुल २०८३ कात्तिक २१ गतेभित्र निर्माण गरिसक्ने गरी निर्माण कम्पनी ‘जय बागेश्वरी–रेग्मी–चुरिया जेभी उदयपुर’सँग ठेक्का सम्झौता गरिएको छ ।

सम्झौता २०८१ वैशाख ३० गते नै भएको थियो ।

पुलको शिलान्यासपछि मन्त्री राईले तोकिएकै समयमा काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई दिर्नेशन दिए ।

उनले पुल निर्माणमा मन्त्रालयको तर्फबाट गर्नुपर्ने सबै सहयोग गरिने तर कुनै पनि बहानामा ढिला गर्न नहुने बताए ।

उक्त पुलले जन्तेढुंगा–१ देवीस्थानस्थित मैनाटार र बराहपोखरी–५ पैवासेरा जोड्ने छ ।

चिसापानी–देवीस्थान–मैनाटार–पौवासेरा ग्रामिण सडकमा पर्ने यो पुल निर्माणपश्चात दिक्तेल–खोटाङ बजार हुँदै जिल्लाको दक्षिणी क्षेत्रको यातायात सेवा सहज हुनेछ ।

बुवाँखाेलामा पुल नहुँदा वर्खाकाे समयमा यातायात सेवा ठप्प हुने गरेकाे छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्