काठमाडाैँ भित्रिएका तरकारीमा विषादीकाे मात्रा अधिक

पाँच सय क्विन्टल टाटेसिमी नष्ट गरियाे

काठमाडौँस्थित कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको तरकारीमा विषादीको मात्रा धेरै देखिएको छ ।

शुक्रबार बिहान गरिएको परीक्षणमा टाटे सिमीमा कार्बामेट विषादीको मात्रा अधिक भएको फेला परेको हाे ।

कालीमाटीस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले सर्लाहीबाट आएको टाटेसिमीको नमुना परीक्षण गर्दा उक्त विषादीको मात्रा अधिक पाइएको हो ।

सर्लाहीको तरकारी आयात गर्ने व्यापारी रामकैलाल चौधरीले शुक्रबार कालीमाटीमा ल्याएको चार-पाँच सय क्विन्टल टाटेसिमीको परीक्षण गर्दा विषादीको मात्रा ५५.५११ भेटिएको जनाइएको छ ।

उक्त सिमी खान अयोग्य भएपछि शुक्रबार नै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कालीमाटी प्रहारी प्रभागको सहयोगमा नष्ट गरेको जनाइएको छ ।

यो साताको सुरुदेखि रायो सागमा लगातार कार्बामेट र अगानोफस्टफेट नामक विषादीको मात्रा एक सयसम्म देखिएको छ ।

समितिका अनुसार भक्तपुर र काठमाडौँको चन्द्रागिरिका कृषि फार्ममा उत्पादन भएका रायो सागमा अधिक मात्रा विषादी प्रयोग भएको पाइएको हो ।

काठमाडौँका किसान युवराज पराजुलीले गत बुधबार कालीमाटी तरकारी बजारमा बेच्न ल्याएको रायो सागमा ९९.२३ प्रतिशतको हाराहारीमा घातक अर्गेनोफस्फेटको मात्रा पाइएको थियो ।

यस्तै बुधबार नै भक्तपुरका किसान सुनील होजाले ल्याएको जिरीको सागमा ८८.८४ प्रतिशतको हाराहारीमा अर्गेनोफस्फेट पाइएको थियो ।

सोही दिन काठमाडौँको दुर्गा लुवानीले ल्याएको मार्फा सागमा ८३.७७ रोकावट प्रतिशतको हाराहारीमा अर्गेनोफस्फेट पाइएको थियो ।

यस्तै भक्तपुरका किसान शिवलाल ढकालले ल्याएको पाकुचा सागमा ५४.८६ रोकावट प्रतिशतको हाराहारीमा सोही विषादी पाइएको थियो ।

यसै गरी मङ्गलबार काठमाडौँको किसान श्रीराम आचार्यले ल्याएको रायो सागमा ९२.२४ र भक्तपुरको किसान कृष्णमाया तामाङले ल्याएको रायो सागमा ७५.५५ रोकावट प्रतिशतको मात्रामा अर्गेनोफस्फेट पाइएको थियो । साभारः गाेरखापत्र

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्