खाेटाङकाे तुवाचुङमा मिनि ग्रेटवाल !

तुवाचुङमा लगभग निर्माण भइसकेछ सुन्दर सांस्कृतिक सुरक्षा पर्खाल अर्थात् मिनि ग्रेटवाल ! फोटो र भिडियोहरुमा देख्न पाको तर आफूले टेक्न नपाको अवस्था थियो । यसपालि त्यो अवसर पनि मिल्यो ।

मलाई चाहिँ यो पर्खाल चार कारणले विशेष लागेको छ ।

पहिलो, तुवाचुङको उत्तरतर्फ रहेको छाँगाछुर भिरबाट सुरक्षित हुन सकिने भयो ।

दोस्रो, ढुङ्गा र सुर्खी मात्र प्रयोग गरिएको हुनाले पुरातत्त्व र पर्यावरणमैत्री पनि छ ।

तेस्रो, तयामा, खियामा र खोक्चिलिपा सम्बन्धी मुन्दुमी मौखिक ज्ञान परम्परालाई रिलिफ आर्ट (धातुचित्र) का रुपमा पर्खालका खोपीहरुमा राखिने भएकोले स्वयम् पर्खाल नै खुल्ला सङ्ग्रहालय पनि हुने रहेछ ।

र चौथो, यी तीन कारणले यो पर्खाल कालान्तरमा सांस्कृतिक सम्पदामा परिणत हुने सक्ने छ ।

यसका लागि पहल गर्नुहुने (तुवाचुङ जायजुम संरक्षण समिति, माननीय रामकुमार राई, हलेसी तुवाचुङ नगरपालिका) र बजेट विनियोजन गर्नुहुने (तत्कालीन संस्कृति, पर्यटन तथा उड्डयनमन्त्री सुदन किराती) दुवैमा मुरीमुरी धन्यवाद !

(तस्बिर तथा सामग्रीहरु मुन्दुम विज्ञ भाेगीराज चाम्लिङकाे फेसबुकबाट।)

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्