उदयपुरको बेलकामा भेटियो किरात कालका ढुङ्गा र इँटाहरू

संरक्षणको आवश्यकता

उदयपुरको वेलका नगरपालिका-८, रङ्गमल (प्राचीन नाम हाङमालुङ) मा पुरातात्विक महत्वका ढुङ्गा र इँटाहरू भेटिएका छन् ।

ग्रेटर मुन्दुम ट्रेलको सुरुवात बिन्दु समेत रहेको रङ्गमलमा कुँदिएका ढुङ्गाहरू, मुर्ति र बुद्धको दरबार तिलौराकोटमा भेटिएका इँटाजस्तै चेप्टो आकारकाे इँटाहरू भेटिएको हो ।

मुन्दुम ट्रेलका अभियान्ता रमेश कुमार राईले सो ठाउँमा भेटिएका ती ढुङ्गा र इँटाहरूको तस्बिर फेसबुकमा पोस्ट गर्दै यथाशीघ्र सो ठाउँको संरक्षण गर्नुपर्ने बताए ।

रङ्गमलमा टुटफुट अवस्थामा रहेका ती प्राचीन ढुङ्गा र इँटाहरू किराती राजा र त्यसबेलाको सभ्यताको अवशेष हुन सक्ने अनुमान गर्न सकिन्छ ।

सो ठाउँमा पहिले स्थानीयले थुप्रै सीमाला, माटाका भाँडाहरू, माटोका ठुला ठुला गुच्छाहरू भेटेर राखेको भए पनि अहिले ती सामान हराइसकेको बताइएको छ ।

विशेषगरी, मदन भण्डारी राजमार्ग निर्माणको क्रममा त्यहाँका डिलहरू भत्काएर माटो फाल्दाखेरि हाल टुटफुट भएका ढुङ्गा र इँटाहरू मात्र बाँकी रहेको बताइएको छ ।

ती भग्नावशेषहरू आजभन्दा ६५ वर्षअघि खोरिया फाड्ने क्रममा बमदल राईले पत्ता लगाएका थिए । १०० वर्षसम्म बाँचेका उनको ३ वर्षअघि निधन भएको थियो ।

बमदल राईका छोरा ।

स्थानीयले ती फुटेका ढुङ्गा र इटाहरू जम्मा पारेर, बाँसको भाटाले बारेर उभौली-उधौलीमा पुज्दै आएका छन् ।

किरातीहरू खुवालुङ तरेर चोमोलुङमा, फक्ताङलुङमा र महाकुलुङमातर्फ अगाडि बढ्नु भन्दा पहिले उनीहरूले त्याे ठाउँमा लामो कालखण्ड बिताएको जनविश्वास छ ।

मदन भण्डारी राजमार्गको छेउमा रहेको भग्नावशेष ।

सो स्थानमा पहिले एउटा ठुलो पोखरी पनि रहेको तर किराती रानी हाङमा (किंवदन्ती अनुसार उनी नाग किरातीकाे छोरी थिइन्) को सुनको नाउ तलाउमा डुबेपछि तलाउ फुटेर नागबेनी आकारमै कोशीतिर बगेको भन्ने उक्ति पनि रहिआएको छ ।

‘किरातकालीन यस्ता पुरातात्विक महत्वका वस्तुहरू यो क्षेत्रमा देखिएको हुँदा चाँडोभन्दा चाँडो यो स्थानलाई संरक्षण गर्नुपर्ने देखिएको छ,’ पर्यटन व्यवसायी समेत रहेका मुन्दुम ट्रेलका अभियान्ता राईले लेखेका छन्, ‘ग्रेटर मुन्दुम ट्रेलको सुरुवात बिन्दु समेत भएको हुँदा यो अझ हाम्रो लागि गर्वको विषय र अत्यन्तै महत्वको स्थान रहेको जानकारी गराउन चाहन्छु ।’

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

2 COMMENTS

  1. धेरै महत्त्वपूर्ण समाचारको निमित्त साल्पा अनलाइनलाई धन्यवाद 🙏

  2. बहादुर पत्रकारलाई नया ठाउँ देखाएर चोर डाका, ढटाहारहरुलाई देखाउनु सम्झाउनु भएकोमा ध्न्यबाद !

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img