‘एमाले आदिवासीहरूलाई अधिकार दिने पक्षमा छैन भन्ने बुझेपछि परित्याग गरेँ’

नेकपा एमाले आदिवासी जनजाति, दलित तथा उत्पीडितहरूलाई पहिचान र अधिकार दिने पक्षमा छैन भन्ने बुझेपछि आफूले करिब ३५ वर्ष लामो कम्युनिष्ट राजनीति नै परित्याग गरेको पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमले खुलासा गरेका छन् ।

आइतबार मोरङको बेलबारीमा आयोजित पहिचान आन्दोलनका सहिद पदम कुमार लिम्बू (लाजेहाङ) को दोस्रो स्मृतिसभामा उनले साे कुरा बताएका हुन् ।

प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिद्वारा आयोजित कार्यक्रममा उनले भने, ‘म पनि लगभग ३५ वर्ष नेपाली कम्युनिष्ट राजनीतिमा आबद्ध भएकै हुँ । तर पनि मैले त्यहाँ रहँदाखेरि बुझे, एउटा वर्गकाे मात्रै विश्लेषण गर्ने र वर्गीय मुक्ति मात्रै भन्ने तर अन्य जाति, आदिवासी, दलित, उत्पीडितहरूकाे अधिकार स्थापित गर्ने पक्षमा यो पार्टी छैन भन्ने थाहा पाएपछि मैले कम्युनिष्ट राजनीति नै त्यागेर पहिचानको आन्दोलनमा लागेको हँ ।’

उनले नेपालमा पहिचान पक्षधरहरूको एकीकृत शक्ति निर्माण गर्न आवश्यक रहेको बताए ।

पहिचानसहितको स्वायक्त प्रदेश, विशेष तथा संरक्षित क्षेत्रहरूको निर्माण गरेर आफैले आफैलाई शासन गर्ने राजनीतिक प्रणालीकाे लागि पहिचानकाे आन्दोलनमा लाग्नुपर्ने उनकाे भनाइ छ ।

उनी गत वर्ष इलाम-२ काे उपनिर्वाचनमा पहिचानवादीहरूकाे तर्फबाट साझा उम्मेदवार बनेका थिए ।

प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले उनलाई साझा उम्मेदवार बनाएकाे थियाे ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img