नागरिक उन्मुक्ति पार्टीले वैशाख १७ गते पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ।

मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पक्राउ परेको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेकी हुन्।

उनले एक कर्मचारीको व्यक्तिगत आक्रोशका कारण कानुनी प्रक्रियाबिना चौधरीलाई गिरफ्तार गरिएको दावी गरिन् ।

‘कसरी एक निर्वाचित प्रतिनिधि कार्यक्रमस्थलबाटै पक्राउ पर्छन्। कसरी राज्यका संयन्त्रहरूले एक व्यक्तिगत रिसिवीलाई कानुनभन्दा माथि राख्छन्। यो घटनाको गहिरो अध्ययन होस्,’ उनले भनिन्,’ यहाँ एकजनाको गिरफ्तारी मात्रै होइन, समग्र संघीयता, समावेशिता, लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको छ। उहाँप्रति भएको व्यवहारको सार्वजनिक जवाफ दे‌ओस्।’