‘हाम्रो देश दुई चारवटा जातले मजाले लुटेर खाएकाे ठाउँ हाे, यसले देशलाई अगाडि बढाउँदैन’

नेपाल राष्ट्र बैंकका १८औं गभर्नर डा. विश्वनाथ पौडेलले समानताको मुद्दा एकदमै जायज रहेको बताएका छन् ।

उनले देशमा अझै पनि दुई चारवटा जातका मानिसहरूले हालीमुहाली गरिरहेको भन्दै यस किसिमको असमानताले देशलाई अगाडि नबढाउने विचार व्यक्त गरे ।

शुक्रबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मनिकर कार्कीद्वारा लिखित पुस्तक अर्थदृष्टिः अल्पविकासको अर्थ-राजनीतिको विमोचन कार्यक्रममा नवनियुक्त गभर्नर पौडेलले देश पहिलेदेखि नै असमान ढङ्गले चल्दै आएको बताए ।

उनले देशलाई अगाडि बढाउनका लागि यो वाद त्यो वाद नभनेर सबै वादका राम्रा कुराहरूलाई लिएर अघि बढ्नुपर्ने धारणा राखे ।

‘समानताको मुद्दा एकदमै जायज हो । यस्तो मुद्दा सम्बोधन गर्नका लागि त्यही नै जानुपर्छ । ०६३ सालपछि केही हदसम्म गएका छौं । हामी असमानताको अन्त्य चाहन्छौं भने पुँजीवाद अन्त्य हुन लाग्यो, यो त्यो भन्नेतर्फ नलागौ । कसैले सबै सत्य देखेको पनि हुँदैन । अर्थशास्त्रीहरूलाई देउता जस्तो मानेर यसको यो वादलाई छोड्नै हुँदैन भन्ने कुरा पनि सही होइन,’ उनले भने, ‘हाम्राे देशमा कम्युनिष्ट आन्दोलनकाे राम्रो योगदान के हो भने समानतामा जुन जोड दिएको छ, त्यो हामीलाई एकदमै काम लाग्ने कुरा हो । हाम्रो देश दुई चारवटा जातले मजाले लुटेर खाएको ठाउँ हो । अहिले पनि त्यस्तै त्यस्तै छ । यो असमानताले हाम्रो देशलाई अगाडि बढाउँदैन । यहाँ १ सय ४०-४५ वटा समुदाय, भाषा छन् ।’

कार्यक्रमकमा पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई, पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे, पूर्वमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, पूर्वमन्त्री तथा नेकपा एसकी नेतृ रामकुमारी झाक्रीले विमोचित पुस्तक र नेपालको अर्थ-राजनीतिक प्रणालीबारे विचार राखेका थिए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img