यस्ताे थियाे पुरानाे भेडेटार

भेडेटारको यो दृश्य अझै मेरो आँखामा झल्झली घुमिरहन्छ।

यो मेरो समयको भेडेटार हो। जुन बेला म कक्षा ७ मा पढ्दै थिए। मेरो ठुल्दाइले धरान जाने हो भनेर सोध्नु भयो वर्षा याममा।

धरान मैले कहिल्यै देखेको थिइन। हाम्रोमा ढोडे खोर्सानी फल्थ्यो। त्यही खोर्सानी टिपेर धरान जाने साइनो जोडियो।

ठुल्दाइले २० पाथी र मैले ७ पाथी ढाकरमा बोकेर तोक्मा लाउँदै भेडेटार पुगियो। त्यहाँ पुगेर हेरेको दृश्य यही तस्बिरमा जस्तै २-४ झुप्रोमा चिया बिस्कुट बेचिन्थ्यो।

केहीबेर गाडी पर्खे पनि नपाएपछि हिड्दै सिकारबास हुँदै अमरहाटमा साँझ बास पुगेका थियौ।

मेरो युवाकालको इतिहास बोक्ने भेडेटारको चित्र देखेर पुरानो याद फर्केर आउँछ कहिलेकही।

अहिले भेडेटारले ठूलो विकासको फड्को मारेको छ। यस्तो चित्र देख्दा भेडेटार यस्तो थियो र भन्ने भान हुन्छ पक्कै।

प्रदेश नम्बर १ अन्तर्गत धनकुटा जिल्ला साँगरीगढी गाउँपालिकामा पर्छ। यहाँ बाह्रैकाल चिसो हुन्छ।

धरान बिराटनगर तराईका भागदेखि गर्मी छल्न आउने गर्छन्। हाल पर्यटनको विकासले गर्दा भारतका यात्रुहरू आउने गरेको पाइएको छ।

धरानबाट १ घण्टा समयमा गाडीबाट पुग्न सकिन्छ। मलाई यकिन थाहा भएन २०३९/४० तिरको समय हुनुपर्छ ।

(टङ्क साम्बाहाङ्फेकाे फेसबुकबाट।)

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img