सांसद राईले मेयर भट्टराईका माग संसदमा जोडदार रूपमा उठाउने

काठमाडाैं- खोटाङका प्रतिनिधिसभा सदस्य रामकुमार राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको भोकहड्तालमा ऐक्यबद्धता जनाएका छन्।

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व कोशी प्रदेश मन्त्रीसमेत रहेका राईले सोमबार काठमाडौंको माइतीघर मण्डलामा सातबुँदे माग राखेर भोकहड्तालमा बसेका प्रमुख भट्टराईलाई भेटेर उनको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन्।

‘उहाँ (नगरप्रमुख भट्टराई)ले उठाउनुभएको मुद्दाहरूप्रति ऐक्यबद्धता जाहेर गर्दछु। साथै, सदन र समिति बैठकमा समेत जोडदार रूपमा उठाउने प्रतिबद्धता जाहेर गर्दछु,’ नेता राईले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।

नगरप्रमुख तीर्थराज भट्टराईको भोकहड्तालमा ऐक्यबद्धता जनाउँदै सांसद रामकुमार राई
नगरप्रमुख तीर्थराज भट्टराईको भोकहड्तालमा ऐक्यबद्धता जनाउँदै सांसद रामकुमार राई ।

नगरप्रमुख भट्टराईले बाँस तथा स्थानीय स्तरमा उपलब्ध स्रोत–साधनको प्रयोग गरी निर्माण गरिएका सामग्री सरकारी कार्यालयमा प्रयोग गर्ने कानुनी व्यवस्था गर्नुपर्ने, जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न ठोस कानुन बनाउनुपर्ने, जलवायु परिवर्तनका कारक राष्ट्रहरूसँग क्षतिपूर्ति लिनुपर्ने, लोकल रक्सी, गाँजा, राढीपाखी जस्ता सामग्रीको प्रयोग र सरकारी मान्यता दिनुपर्ने लगायतका माग राख्दै साउन ११ गतेदेखि भोकहड्ताल सुरु गरेका हुन्।

साउन १३ गतेसम्म माग पूरा नभए साउन १४ गतेदेखि अनिश्चितकालीन आमरण अनशनमा बस्ने चेतावनी उनले दिएका छन्।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img