आमरण अनशनमा रहेका मेयर भट्टराई वीर अस्पतालमा भर्ना

सातबुँदे माग राखेर आमरण अनशनमा बसिरहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई अस्पताल भर्ना भएका छन्।

साउन ११ गतेदेखि दिनभरि भोकहड्ताल र १४ गतेदेखि अनिश्चितकालीन आमरण अनशनमा बसेका भट्टराई बिहीबारकाे स्वास्थ्य अवस्था बिग्रिएपछि चिकित्सकहरूको सल्लाहअनुसार वीर अस्पतालमा भर्ना भएको उनका सचिवालय सदस्य चिरञ्जिवी खतिवडाले जनाएका छन्।

बुधबार साँझ माइतीघर मण्डलास्थित अनशनस्थलबाट मेयर भट्टराईलाई प्रहरीले उठाउन खोज्दा केहीबेर स्थिति तनावपूर्ण भएको थियो।

नगरपालिकाको निर्णयअनुसार बाँसका सामग्री सरकारी कार्यालयमा प्रयोग गर्न नीति निर्माण गर्नुपर्ने, स्थानीय स्रोतसाधनबाट उत्पादित सामग्रीलाई कानुनी मान्यता दिई उत्पादन तथा प्रयोग सुनिश्चित गर्नुपर्ने, जलवायु परिवर्तन न्यूनीकरणका लागि ठोस नीति बनाएर जलवायु परिवर्तनका कारक मुलुकहरूबाट क्षतिपूर्ति लिनुपर्ने, बाँदर व्यवस्थापन गर्नुपर्ने लगायत सातबुँदे माग राखेर मेयर भट्टराईले अनशन सुरु गरेका हुन्।

मेयर भट्टराईका सातबुँदे माग

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img