राजनीति त रमिता बन्यो, ‘महान नेता’ जन्मिएको सुन्नासाथ दौडिहाल्नुपर्ने

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष तथा पूर्वमन्त्री अशोक राईले हाल देशको राजनीति रमिताजस्तो भएको टिप्पणी गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित ‘खोटाङ सेवा समाजको ११औँ साधारण सभा तथा सम्मान कार्यक्रम’मा बोल्दै अध्यक्ष राईले अहिलेको राजनीतिलाई नयाँ सिनेमा र दर्शकसँग दाँजेर टिप्पणी गरे।

‘म विराटनगरमा पढ्दाखेरिको बचपनको सम्झना आउँछ, नयाँ सिनेमा आएपछि जुन सिनेमा हलमा नयाँ सिनेमा आयो, त्यहीँ गएर हेरिहाल्नुपर्ने, टिकट काटिहाल्नुपर्ने। कहिलेकाहीँ जोगबनी पनि भ्याउनुपर्ने, धरान पनि भ्याउनुपर्ने,’ उनले भने, ‘अहिले त्यस्तै राजनीति रमिता भएको जस्तो लाग्छ मलाई। हरर को महान् नेता जन्मिनुभयो र महान् नेताको प्रवचन छ भनेर हरर मान्छे दौडिएर त्यो नयाँ नेता र नयाँ पार्टी सुन्न–बुझ्न दौडिनुपर्ने स्थिति छ।’

उनले अनेक नयाँ नेता र पार्टी जन्मिनु लोकतन्त्रमा स्वाभाविक भए पनि अस्वाभाविक ढंगले केही भइरहेकाे छ कि भनेर विवेचना गर्नुपर्ने अवस्था सिर्जना भएकाे बताए।

हिजो आफूहरूले राजनीतिमा दर्शन, सिद्धान्त, त्याग, तपस्या, बलिदान र मुद्दाकाे कुरा गरेको भए पनि अहिले त्यस्ता कुरा गर्नु मुखर्ता सावित भएकाे उनकाे टिप्पणी छ।

भिडियाेः

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img