भारतमा काेराेनाभाइरसबाट एकै दिन ४,१८७ काे मृत्यु

भारतमा एकै दिन काेराेनाभाइरसबाट चार हजार भन्दा बढीकाे मृत्यु भएकाे छ । पछिल्लाे २४ घण्टामा ४,१८७ जना संक्रमितकाे मृत्यु भएकाे बीबीसी न्यूज हिन्दीले उल्लेख गरेकाे छ ।

याे भारतमा एकै दिनमा मृत्यु भएकाे अहिलेसम्मकै सर्वाधिक संख्या हाे । याेसँगै भारत एकै दिन चार हजार भन्दा बढीले ज्यान गुमाउने ब्राजिल र अमेरिकापछि तेस्राे देश बनेकाे छ ।

विज्ञहरूका अनुसार दैनिक रूपमा ज्यान गुमाउनेहरूकाे संख्या अझै बढ्ने छ ।

भारतमा पछिल्लाे २४ घण्टामा चार लाखभन्दा बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएकाे छ ।

सरकारी तथ्याङ्कका अनुसार भारतमा हालसम्म कुल २ करोड १८ लाख ९२ हजारभन्दा बढी कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

त्यस्तै हालसम्म २३८,२७० जनाको कोभिडका कारण मृत्यु भएको छ । भारतमा हाल सक्रिय संक्रमितकाे ३७ लाख २३ हजारभन्दा केही बढी छ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्