लुम्बिनी प्रदेशकी राज्यमन्त्रीद्वारा राजीनामा, फर्केर आइन् जसपामै

लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमन शर्माले शुक्रबार पदबाट राजीनामा दिएकी छन् ।

भौतिक पूर्वाधार विकास राज्यमन्त्री रहेकी शर्माले पार्टीको निर्णय विपरीत आफू राज्यमन्त्री भएको उल्लेख गर्दै मुख्यमन्त्री शंकर पोखरेल समक्ष राजीनामा दिएकी हुन् ।

शर्मा जनता समाजवादी पार्टीका प्रदेश सांसद हुन् ।

तर जसपाले पार्टी निर्णय विपरीत नेकपा एमाले नेतृत्वको सरकारमा सहभागी भन्दै शर्मासहित चार जना सांसदलाई पार्टीबाट निस्कासन गरेको थियो ।

लुम्बिनी प्रदेशमा जसपाका ६ मध्ये चार सांसद महन्थ ठाकुर समूहमा लागेका थिए । महन्थ समूहमा लाग्नेहरुमा शर्मासहित सन्तोषकुमार पाण्डे, कल्पना पाण्डे र विजय यादव थिए ।

समानुपातिकबाट सांसद बनेकी शर्मा हाल पार्टीको लाइनमा उभिएकी हुन् ।

राजीनामापत्रमा उनले भनेकी छन्, ‘जनता समाजवादी पार्टी नेपाल तपाईंको नेतृत्वमा रहेको सरकारलाई समर्थन नरहेकोले मैले तपाईंको सरकारमा रही निरन्तरता दिन नसक्ने भएकोले नेपालको संविधानको धारा १६९ को २ (क) बमोजिम आजको मितिबाट लागू हुनेगरी मेरो मन्त्री पदबाट राजीनामा गरेको छु ।’

शर्माले आफूमाथि गरिएकाे कारवाही फुकुवा गरिदिन पार्टी अध्यक्ष उपेन्द्र यादवसँग अनुराेध समेत गरेकी छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्