Saturday, September 23, 2023

बालबालिकाको खानपिनमा ध्यान दिन विज्ञहरुको सुझाव

जारी मनसुनका साथै काेराेना महामारीकाे तेस्राे लहर आउन सक्ने अवस्थालाई ख्याल गर्दै बालबालिकाहरुलाई राेगबाट बचाउन उनीहरुकाे खानपिनमा ध्यान दिन विज्ञहरुले सुझाव दिएका छन् ।

मनसुनको समयमा बालबालिकालाई झाडापखाला, जन्डिस, मलेरिया, डेङ्गुजस्ता राेगले सताउन सक्ने बालरोग विशेषज्ञ डा. प्रज्ञा प्रधानले बताइन् ।

त्यसमा पनि नेपालमा काेराेना महामारीकाे तेस्राे लहर आउन सक्ने र त्यसबाट बालबालिका बढी प्रभावित हुने अनुमान गरिएकाले पनि उनीहरुकाे खानपिन र स्वास्थ्यमा ध्यान दिनुपर्ने डा. प्रधानकाे भनाइ छ ।

उनले वर्षायाम तथा मनसुनका बेला विशेषगरी खाना र फोहोर पानीका कारण बालबालिकाहरुमा स्वास्थ्य समस्या आउने बताइन् ।

उनले भनिन्, ‘कोरोनाको सम्भावित तेस्रो र चौथो लहरमा बालबालिका बढी जोखिममा पर्नसक्ने अनुमान गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नै सङ्क्रमणको तेस्रो लहर आउन सक्ने र बालबालिका बढी सङ्क्रमित हुने अनुमानसहित स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ ।’

उनले मौसम परिवर्तन हुँदा बालबालिकामा प्रतिरोधात्मक क्षमता घट्ने भएकाले यस्तो अवस्थामा स्वच्छ, सफा र पौष्टिक खानाको व्यवस्था गर्नुपर्ने बताइन् ।

बालबालिकालाई ताजा सागसब्जी, तरकारी, दालभात बढी खुवाउनुपर्ने उनले बताइन् । उनले भनिन्, ‘बालबालिकालाई ताजा सागसब्जी, तरकारी, दालभात, पोषणको हिसाबले उपयुक्त र पर्याप्त हुन्छ ।’

कृपया, साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरेर लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्