एमालेकाे दुई समूहबीच १० बुँदे सहमति, गलत व्याख्या गरिएकाेमा माधवकाे आपत्ति

नेकपा एमालेकाे दुवै समूहकाे नेता संलग्न कार्यदलकाे बैठकले पार्टी एकता कायम राख्न १० बुँदे सहमति गरेकाे छ ।

पार्टीभित्रकाे विवाद मिलाउन हिजाे कार्यदलले सहमति जुटाएकाे हाे ।

एमाले (ओली समूह)का प्रवक्ता तथा कार्यदलका सदस्य प्रदीप ज्ञवालीले पार्टीको आन्तरिक समस्या विधिसम्मत ढंगले समाधान गर्ने निर्णय भएको बताए ।

एमाले (नेपाल समूह)का नेता तथा कार्यदलका सदस्य भीम रावलले पार्टीलाई एकतावद्ध र सुदृढ बनाउन कार्यदल सफल भएको बताए ।

कार्यदलकाे बैठक सिंहदरवारस्थित अर्थ मन्त्रालयमा भएकाे थियाे ।

कार्यदलले २०७५ जेठ २ गते अघिको पार्टी संरचनाबाट अघि बढ्ने सहमति गरेको छ । पार्टीमा योगदान दिएका नेताहरुलाई मातहत कमिटीमा समेट्ने निर्णय गरिएकाे छ ।

तर कार्यदलले गरेकाे अमूर्त सहमतिमा नेता माधव नेपाल असन्तुष्ट बनेका छन् ।

अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी सहमति गरिएकाे रुपमा प्रचार गरिएकाे भन्दै नेपालले असन्तुष्टि जनाएका हुन् ।

उनले आज फेसबुकबाट सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा पार्टीका २३ सांसदको हस्ताक्षर कायम रहेको प्रष्ट पारेका छन् ।

प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सुर्य थापाले नै सहमतिकाे गलत व्याख्या गर्दै सामाजिक सञ्जालमा ट्वीट गरेपछि नेपालले अदालतमा विचाराधीन मुद्दामा २३ सांसदको हस्ताक्षर कायम रहेकाे प्रष्ट पारेका हुन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्