हरिबाेल गजुरेलले ‘मन्त्री नपाए आत्महत्या गर्छु’ भने रे, माकेले उनकाे वचनको परीक्षण गर्नुपर्छ

नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले ‘मन्त्री पद नपाए आत्महत्या गर्छु’ भनी पार्टी नेतृत्वलाई दिएको धम्कीबारे लेखक खगेन्द्र संग्रौलाले गजुरेललाई कडा प्रहार गरेका छन् ।

माओवादी केन्द्रले अब गजुरेलको वचनको परीक्षण गर्नुपर्ने संग्रौलाले बताएका छन् ।

‘हक्की हरिबोल गजुरेलले बैठकमै भने रे, ‘मन्त्री पद नपाए म आत्महत्या गर्छु ।’ तै तै माकेले हरिबोलका वचनको परीक्षण गर्नु राम्रो हो,’ ट्वीटरमा संग्रौलाले भनेका छन्, ‘यिनले वचन पुरा गरे कम्निष्टको त्यागको इतिहासमा एउटा अनुपम कीर्तिमान थपिनेछ, वचन पुरा नगरे यिनको लुब्ध घुर्कीले हावा खानेछ र यी देवघाट चलान हुनेछन् ।’

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुनका लागि माओवादी केन्द्रले मन्त्रीहरुको नाम छान्न सकेको छैन ।

माओवादीका ४९ जनै सांसदहरुले आफूलाई मन्त्री बनाउनैपर्ने भन्दै आफूलाई अप्ठेरोमा पारेको अध्यक्ष पुष्पकमल दाहालले केहीदिनअघि बताएका थिए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img