प्रतिमहिना २० युनिटसम्म खपत गर्ने ग्राहकहरुलाई निःशुल्क विद्युत् दिइने

सरकारले प्रतिमहिना २० युनिटसम्म खपत गर्ने  उपलब्ध गराउने भएकाे छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बुधबार काठमाडाैँमा पत्रकार सम्मेलन गरी प्रतिमहिना २० युनिटसम्म खपत गर्ने ग्राहकहरुलाई निःशुल्क विद्युत् उपलब्ध गराउने निर्णय भएकाे बताइन् ।

हाल प्रतिमहिना १० युटिनसम्म खपत गर्नेहरुले निःशुल्क विद्युत् पाइरहेका छन् ।

अब प्रतिमहिना २० युनिटसम्म खपत गर्नेहरुले पनि निःशुल्क विद्युत् सेवा पाउनेछन् । उनीहरुले महिनामा ३० रुपैयाँकाे डिमान्ड शुल्क मात्र तिरे पुग्छ ।

मन्त्री भुसालले स्यालो ट्यूवेल सिमान्तकृत र साना कृषकहरुको जीवनस्तर उठाउने माध्यम भएकोले विद्युत् बढी माग हुने समयमा महसुलमा ८० र अन्य समयमा पुर्ण रुपमा छुट दिने घोषणा पनि गरिन् ।

‘यसबाट ३ लाख ८८ हजार घरधुरीका कृषकहरुको जीवनस्तर उठाउन महत्वपूर्ण योगदान हुनेछ ,’ उनले भनिन्, ’यस्तो सहुलियतबाट आगामी दिनमा कृषकहरु स्वतः स्फुर्तरुपमा ट्यूवेल जडानमा प्रोत्साहन मिल्ने र सिंचित क्षेत्रको विस्तारमा महत्वपूर्ण योगदान हुनेछ ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्