सुँगुर छुन पनि नहुने जातिले ‘हाम्राे देवता’ भन्न मिल्छ ?

मुन्दुमविद् यासेली योङहाङले सुँगुरलाई छुन पनि नहुने जातिले बनेल (जंगली सुँगुर)लाई आफ्नाे देवता दाबी गर्न नमिल्ने बताएका छन् ।

उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीमा सुँगुरको प्रतिमा निर्माण गरिएपछि कतिपयले सोको विरोध गरिरहेका बेला मुन्दुमविद् योङहाङले एक युट्युब च्यानलसँग कुरा गर्दै सुँगुर छुन पनि नहुने जातिले बनेललाई मेरो देवता भन्न नमिल्ने बताएका हुन् ।

प्रतिमाको विरोध गर्नेहरुले सुरुमा सुँगुर भएकै कारण विरोध गरेको र पछि फेरि हिन्दु धर्मसँग जोडेर बनेल त विष्णुको अवतार भनी प्रतिमाको पक्षमा बोल्न थाल्नेहरुलाई उनले यो कुरा बताएका हुन् ।

‘परापूर्वकालदेखि किरातहरुले सुँगुरलाई आफ्नाे पितृसँग नजिकको ठानेर, आफ्नाे पितृलाई चढाउने, सुँगुर पालेपछि पहिलोचोटि लिम्बुहरुले पनि त्यसलाई फाक्सो अर्थात जन्मेका ८, १० वटा पाठाहरु हुन्छन्, त्यसमध्ये राम्रो, गत्तिलो, सलक्क परेको पाठाचाहिँ फाक्सो भनेर देउतालाई चढाउने वा देउताको नाममा सार्ने प्रचलन छ,’ उनले भने, ‘जहाँसम्म बनेललाई विष्णुको तेस्रो अवतार भन्ने कुरा छ, परिकल्पनाको हिसाबले उल्लेखित कुरालाई आजसम्म जसको निरन्तरता नभएको कुरालाई अहिले आएर जबरजस्ती गाँसेर हेर्नु उचित लाग्दैन । हो, विष्णुको दश वटा अवतार लेखिएको छ, माछा, बनेल र कछुवा भनेर लेखिएको छ । तर अहिलेसम्म हिन्दुहरुले कुन कछुवालाई मानेर आए प्रमाण छ ? कुन माछालाई मानेर आए ? बरु किरातीहरुले अहिले पनि किराती माछा भनेर कुनै माछालाई खाँदैनन् । ग्रन्थमा बराहस्स भनेर उनीहरुले लेखे । तर त्यो बनेललाई हिन्दुहरुले अहिलेसम्म पनि देउताको रुपमा मान्ने र देउतालाई चढाउने गरेर ल्याए ? आज छुनै घिन लाग्ने, पाल्नै नहुने, त्यसको मासु खायो कि अछुत हुने, मासुको कुरा छोडौ सुँगुरले छोयो भने पनि छोइछिटो गरेर भित्र पस्ने जातिहरुले मेरो भनेर भन्दिने ?’

सुँगुरको प्रतिमा निर्माण गरिएकोमा विरोध गर्नेहरुलाई उनले किरात राईहरुको बाहुल्यता भएको उदयपुरको मैनामैनीमा एउटा सुँगुरको प्रतिमा बन्नुलाई अन्यथा लिन नहुने बताए ।

उनले भौतिकवादी हुँ भन्नेहरुले पनि अहिले ग्रन्थमा लेखिएको कुरालाई जोडेर बनेललाई आफ्नाे देवता पार्न खोज्ने र हिन्दु धर्ममा जोड्ने प्रयास गरिरहेको बताए ।

उनले भने, ‘यो त किरातीहरुको आस्थाको चिज हो, पुज्य चिज हो । अहिले पनि किरातीहरुले बनेललाई मानिरहेका छन्, सुँगुरलाई मानिरहेका छन्, देउतामा चढाउने प्रचलन छ ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. यो सन्सारको प्रचिन जन्तु हो सुँगुर – चौलागाईं ले सुँगुर ले पुजा गर्दथे

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्