जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले हाल समाजवाद शब्द राखेर नयाँ पार्टीहरु गठन भएकोमा त्यो स्वागतयोग्य रहेको बताएका छन् ।

नेकपा एमालेबाट अलग भएको माधव नेपाल समूहले ‘नेकपा एकीकृत समाजवादी पार्टी’ र जसपाबाट अलग भएको महन्थ ठाकुर समूहले ‘लोकतान्त्रिक समाजवादी पार्टी’ गठन प्रक्रिया अघि बढाएका बेला पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले समाजवाद शब्दप्रति आकर्षण बढ्न थाल्नु स्वागतयोग्य भएको बताएका हुन् ।

नेता भट्टराईले शनिबार ट्वीटर एकाउन्टबाट यो कुरा बताएका हुन् ।

उनले पुँजीवाद र साम्यवादको विकल्पमा समाजवाद खोजी गर्ने अहिलेको विश्वको प्रवृत्ति रहेको समेत बताए ।

उनले लेखेका छन्, ‘अब बहस होस्, कस्तो समाजवाद ? प्रजातान्त्रिक समाजवाद, वैज्ञानिक समाजवाद, समावेशी/सहभागितामूलक समाजवाद ?’