राष्ट्रिय जनगणनामा जाति र पुर्खाकाे भाषा, मातृभाषाकाे महलमा याक्थुङ वा लिम्बू के लेख्ने भन्ने जाे विभाजित बहस छ, राज्य गुमाएका, हेपिएका, थिचिएका समुदायकाे दुर्भाग्य यही हाे । जित्नेले गिजाेलिदिएकाे, राेपिदएकाे पहिचानकाे दलदलमा झगडा गरिरहेका मनुवाहरु हाैं ।
अब लिम्बू नै किन लेख्नुपर्ने ? वा याक्थुङ नै उल्लेख गर्नुपर्ने किन ? काे हाे याक्थुङ वा लिम्बू समुदाय ? झगडा हुँदाहुँदै पनि यी दुवै प्रश्नहरु जातीय पहिचान संरक्षणसँग नै सम्बन्धित हुनु सकारात्मक पक्ष हाे ।
यथार्थमा याक्थुङ भनिएकाहरु नै लिम्बू हुन्, लिम्बू नै याक्थुङ हुन् भन्ने कुरामा समुदायगत रुपमा कसैकाे बेग्लै मत छैन । नामाकरणकाे सन्दर्भ ‘लिम्बू’ (exonym) अर्काेले राखिदिएकाे नाम पर्याे । ‘याक्थुङ’ (endonym) माैलिक नाम भयाे । हामी याक्थुङ वा याक्थुङ्वा हाैं । हामी याक्थुङ पान (लिम्बू भाषा) बाेल्छाैं भन्दै आएका समुदाय नै हाैं । ‘याक्थुङ’ समुदाय भन्ने सत्य हाे तर ‘लिम्बू’ भन्ने जातीय नाम नै सारा दुनियामा स्थापित भइसक्याे ।
आगामी जनगणनामा पछिल्लाे समयकाे सरकारकाे लिखतहरुमा स्थापित लिम्बू नामलाई निरन्तरता दिँदामात्र पहिचान बच्छ, नत्र हामी चिप्लिन्छाैं भन्ने एकथरि छाैं भने अर्काेथरि याक्थुङ हाम्राे यथार्थ जातिगत नाम नराखे पहिचानकाे कुरा गर्नु व्यर्थ छ, याक्थुङ लेख्नैपर्छ भन्नेहरु छाैं ।
हामी यथार्थ खाेजी गर्ने क्रममा छाैं । त्यसैकाे फलस्वरुप पाथिभरा देश विदेशमा चर्चित छ । तर मुक्कुमलुङ हुनुपर्छ भनेर संघर्षरत छाैं । कैयाै याक्थुङ गाउँठाउँकाे नामहरु परिवर्तन भएका छन् । पुरानै नाम हुनुपर्छ भन्ने अभियानमा छाैं ।
दुवैकाे तर्क आ-आफ्नाे ठाउँमा दर्विलाे भए पनि हाम्राे एकतामा यसले असर पारेकै छ । राष्ट्रिय जनगणनाकाे तथ्याङ्कमा असर पर्याे भने ठुलाे मूल्य चुकाउनुपर्ने हुन सक्छ ।
सरकार के चाहन्छ ?
जातीय समुदायहरुकाे सही तथ्याङ्क संकलनमा विभाग विल्कुल संवेदनशील छैन । उसले समुदाय बिखण्डित, विभाजित वा गिजाेल्याउन चाहन्छ ।
२०५८ सालकाे जनगणनामा तथ्याङ्क विभागले लगभग ५०० भन्दा बढी जातीय समुदायकाे लिष्ट आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा पठाउँदै यी समुदायहरु बेग्लै जाति हुन् वा कुन समुदायभित्र पर्छन् भनेर छुट्याइदिन सहयाेग मागेकाे थियाे । म प्रतिष्ठानमै काम गर्ने भएकाले हामीलाई थाहा भएसम्म छुट्याएर पठाइदिएका थियाैं ।
अब प्रश्न के हाे भने के तथ्याङ्क विभागले जातिमा याक्थुङ र लिम्बू बेग्लै जाति हाे भनेर तथ्याङ्क निकाल्ने गवाँर काम गर्ला त ? के याक्थुङ र लिम्बू भाषा बेग्लै भाषा हुन् भनेर तथ्याङ्क निकाल्न मिल्छ र ?
तथ्याङ्क विभागले कुनै समुदायकाे जातिगत र भाषागत नामाकरण १० वटा भए १० वटै सुचीमा राख्ला त ? विगतमा राई भाषा भनेर पनि राखेकाे पाइयाे, जुन गलत छ । राई भाषा भन्ने नै हुँदैन । यसबाट विभागकाे विश्वसनीयता र क्षमतामा प्रश्न उठेकाे छ ।
निष्कर्ष
समुदाय र तथ्याङ्क विभागले गर्नुपर्ने उपाय के हाे भने याक्थुङ भनेकाे लिम्बू र लिम्बू भनेकाे नै याक्थुङ हाे भन्याे भने समस्या समाधान हुन्छ ।
समुदायकाे नामाकरण चाहिँ याक्थुङ (लिम्बू) वा लिम्बू (याक्थुङ) उल्लेख गर्नु उपयुक्त हुन्छ । साेही बमाेजिम भाषालाई मिलाउनुपर्छ ।