नेपालकाे जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०

केन्द्रीय तथ्यांक विभागले २०७८ सालकाे कात्तिक २५ देखि मंसिर ९ गतेसम्म सञ्चालन गरिएकाे १२औं राष्ट्रिय जनगणनाकाे प्रारम्भिक नतिजा सार्वजनिक गरेकाे छ ।

जस अनुसार नेपालकाे जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ ।

बुधबार बिहान विभागले प्रारम्भिक नजिता सार्वजनिक गरेकाे हाे । दश वर्षअघि अर्थात ११औं राष्ट्रिय जनगणनामा नेपालकाे जनसंख्या २ कराेड ६४ लाख ९४ हजार ५०४ थियाे ।

यसपटक जनसंख्या वृद्धिदर घटेको छ । अघिल्लो जनगणनामा वृद्धिदर १.३५ प्रतिशत रहेकाेमा यसपटक भने ०.९३ प्रतिशत कायम भएकाे छ ।

दश वर्षमा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९ सय ७६ अर्थात १०.१८ प्रतिशतले बढेको विभागले जनाएको छ ।

यसपटकको जनगणनामा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।

जनगणनाको विस्तृत तथ्यांक भने ६ महिनाभित्र आउने विभागले जनाएकाे छ ।

(११औं राष्ट्रिय जनगणनामा नेपालकाे जनसंख्या २ कराेड ६४ लाख ९४ हजार ५०४ हुनुपर्नेमा अन्यथा भएकाेमा सच्याइएकाे छ । स.)

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्