दसैंमा टेलिकमकाे मोबाइलमा मालश्री धुन बजेपछि ल्हाेछारमा पनि तामाङसेलो बज्नुपर्यो

नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले दसैंको बेला नेपाल टेलिकमको मोबाइल नम्बरको रिङटोनमा मालश्री धुन बजाउन तत्काल बन्द गर्न माग गरेका छन् ।

उनले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय देश भएको र सबै जनताले दसैं–तिहार नमान्ने भएकोले कुनै एक धर्म र संस्कृतिको चाडलाई मात्रै विस्तार गर्नेगरी मालश्री धुन बजाउन नहुने बताए ।

यदि दसैंको बेला सरकारले सरकारी सञ्चार सेवाबाटै हिन्दूहरुको चाड दसैंलाई संकेत गर्ने मालश्री धुन बजाउने हो भने ल्होछार, उधौली–उभौली, माघी–माघे सक्रान्ति, भिन्तुना, छठ, इद लगायतका चाडपर्वहरुमा पनि उनीहरुको धुन बजाउनुपर्ने तामाङको भनाइ छ ।

‘नेपाल टेलिकमले दसैंको बेला मेरो मोबाइल टोनमा मालश्री धुन बजाउन तत्काल बन्द गरोस् किनकी, नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक बहुसांस्कृतिक देश हो । नेपालमा सबै दसैं–तिहार मान्ने समुदाय छैनन् । यहाँ ल्होछार, उधौली–उभौली, माघी–माघे सक्रान्ति, भिन्तुना, छठ, जितिया, कोशीपूजा, हरेला, इदलगायत थुप्रै आफ्नाे सभ्यताले विकास गरेको प्रकृतिसँग सम्बन्धित पर्व मान्ने समुदाय पनि छन्,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘यदि दसैंको बेला मोबाइल टोनमा मालश्री धुन बजाउने हो भने ल्होछारमा तामाङसेलो धुन बजाउनुपर्यो । अरु जाति, समुदायको पर्वमा पनि धुन बज्नुपर्यो ।’

उनले दसैंको बेला सरकारी सञ्चार सेवाबाटै मालश्री धुन बजाएर सरकारले दसैं नमान्नेहरुलाई मनोवैज्ञातिक रुपमा दसैं मान्न बाध्य बनाउने षडयन्त्र गरिरहेको जिकिर गरे ।

उनले आफूले हिन्दूहरुको चाड दसैंको सम्मान गर्ने र सांस्कृतिक सहिष्णुता कायम गर्न चाहेको पनि बताए ।

तर राज्यले संस्थागत रुपमै सुनियोजित प्रचार गरी कसैलाई मनोवैज्ञानिक रुपले प्रभाव पार्न खोजेको भन्दै अब राज्यको विभेदकारी हर्ककत स्वीकार नगर्ने प्रष्ट पारेका छन् ।

हाल दसैंको बेला नेपाल टेलिकमको फोन नम्बरमा फोन गर्दा मालश्री धुन बज्ने गरेको छ । बरु यतिबेला राष्ट्रिय जनगणना–२०७८ बारे सन्देशमूलक धुन बजाउनुपर्ने तामाङले बताएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्