‘लिम्बु पहिचान : मौलिक याक्थुङ पहिचानको खोजी’ सार्वजनिक

देशमा राष्ट्रिय जनगणना–२०७८ हुन लागेको बेला डीबी आङबुङ, टेक लावती र टंक सेलिङले सम्पादन गरेको पुस्तक ‘लिम्बु पहिचान : मौलिक याक्थुङ पहिचानको खोजी’ सार्वजनिक गरिएको छ ।

मुन्धुम एकेडेमीले प्रकाशन गरेको यस पुस्तकमा १५ जना लेखकहरुका लिम्बु (याक्थुङ) जाति र किरातबारे लेखहरु समेटिएको छ ।

सरकारले आगामी कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म देशभर एकसाथ राष्ट्रिय जनगणना गर्दैछ ।

राष्ट्रिय जनगणना सोधिने जातीय पहिचानसँग सम्बन्धित प्रश्नहरुको उत्तर के लखाउने भन्नेबारे पुस्तकले प्रष्ट पार्ने अपेक्षा गरिएको छ ।

लिम्बु समुदायमा जनगणनामा मुख्यगरी जाति र धर्ममा के लेख्ने भन्ने अन्यौल रहेकाे छ ।

जातिमा लिम्बु कि याक्थुङ लेखाउने ? र धर्ममा किरात, युमा, मुन्धुम वा प्रकृतिपुजक लेखाउने ? भन्ने अन्यौल छ ।

तर, लिम्बुहरुको जातीय संस्था किरात याक्थुङ चुम्लुङले जातिमा लिम्बु, पुर्खाको भाषामा लिम्बु, मातृभाषामा लिम्बु, दोस्रो भाषामा नजिक बसाेबास रहेकाे आदिवासीहरुमध्ये कुनै एककाे भाषा र धर्ममा किरात लेखाउन समुदायमा अपिल गरेको छ ।

कतिपयले भने मौलिक पहिचानका लागि जनगणनामा जातिमा याक्थुङ वा याक्थुङ लिम्बु र धर्ममा युमा लेख्नुपर्ने विचार व्यक्त गरिरहेका छन् ।

पुस्तकमा समेटिएका लेखहरु मुन्धुम एकेडेमीको वेबसाइट मुन्धुमएकेडेमी डटकममा समेत राखिएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्