भिमबहादुर विश्वकर्मालाई सांस्कृतिक सहिद घोषणा गर्न जसपा नेताकाे माग

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका अध्यक्ष दलमर्दन कामीले ‘भिमबहादुर विश्वकर्मा हत्या’बारे सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारवाही गरी पीडित परिवारलाई क्षतिपूर्ति दिनुका साथै मृतक विश्वकर्मालाई सांस्कृतिक सहिद घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

अध्यक्ष कामीले आज एक प्रेस विज्ञप्ति जारी गरी यस्तो माग राखेका हुन् ।

चितवनस्थित भरतपुर महानगरपालिका वडा नं ४ का ५८ वर्षीय भिमबहादुर विश्वकर्माले दुर्गा मन्दिरमा दलितहरुले पनि पुजा गर्न पाउनुपर्छ भनेर गत असोज २८ गते (दसैंको नवमीको दिन) आवाज उठाउँदा स्थानीय सिताराम बस्नेत क्षेत्री र दिलिप श्रेष्ठले ‘तँ कामी मन्दिर पस्ने कुरा गर्छस्’ भन्दै पाइप, इटा र ढुंगाले टाउकोमा हानेर विश्वकर्माको हत्या गरेका थिए ।

विश्वकर्माले आफूहरुले आवाज उठाएको बेला दुर्गा मन्दिरमा उच्च जातिका मानिस भनिनेहरुले पुजा गरिरहेका थिए ।

मृतक विश्वकर्माको घरमा पुगेका अध्यक्ष कामीले सो घटनाबारे दलित (शिल्पी) समुदायको व्यक्तिको नेतृत्वमा संसदीय छानबिन समिति बनाएर घटनाको सत्यतथ्य बाहिर ल्याएर अपराधीलाई हँदैसम्मको कारवाही गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र मृतक विश्वकर्मालाई सांस्कृतिक सहिद घोषणा गर्नुपर्ने माग राखेर विज्ञप्ति जारी गरेका हुन् ।

उनले उक्त घटनालाई तोडमोड गर्ने र कमजोर बनाउन सक्ने भन्दै खबरदारी समेत गरेका छन् ।

मृतकका छोरा किसान विश्वकर्माले जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिइसकेका छन् भने प्रहरीले पनि क्षेत्री र श्रेष्ठलाई नियन्त्रणमा लिइसकेको छ ।

विज्ञप्ति अनुसार विश्वकर्माले आवाज उठाएपछि मन्दिरमै रहेका क्षेत्रीले पाइप र इटाले टाउकोमा हान्दै लछारपछार गर्दै दुर्गाचोकमा पुर्याएका थिए ।

दुर्गाचोकमा फार्मेसी चलाएर बसेका श्रेष्ठले पुनः गिदी नै निस्कने गरी टाउकोमा प्रहार गरेका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्