केरामा लाग्ने गभारो कसरी मार्ने ? [भिडियो सहित]

पहाडी क्षेत्रमा हरेक घरमा केरा रोप्ने गरिएको छ । तर व्यवसायिक रुपमा केरा खेती गरिएको छैन । केराका बोटमा गभारो किरा लाग्ने गर्छ । जसका कारण केरा फस्टाउँदैन । यो केरामा हुने मुख्य समस्या हो ।

कृषिविज्ञ मदन राई प्रायः धेरै वर्ष पुरानो केराको झ्याङमा गभारो लाग्ने बताउँछन् । केरामा गोभारो लागेमा त्यो झ्याङ मासेर नयाँ ठाउँमा केरा रोप्नुपर्ने उनको सुझाव छ ।

खाेटाङकाे शुभम् फाउन्डेसनमा साल्पा अनलाइनसँगको छोटो कुराकानीमा उनले भने, ‘जहाँ गभारोको समस्या छ भने त्यो पुरानो झ्याङलाई मासेर नयाँतिर लाने र अलिक टाढा लाने ।’

नयाँ ठाउँमा केरा रोप्दा केराको विरुवा वा टुसा गभारो नलागेको झ्याङबाट ल्याउनुपर्ने उनले बताए । गभारो लागेको झ्याङको विरुवा ल्याए नयाँ ठाउँमा पनि गभारो लाग्ने उनको भनाइ छ ।

गभारो लागेमा फ्युराेडियम (रातो रंगको चिनीजस्तो दबाइ) नलगाउन उनले सचेत पनि गराए ।

फ्युराेडियम खतरनाक दबाइ रहेकाले त्यो केरामा लाउँदा फलमा पनि दबाइ पर्न सक्ने र त्यसले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने उनको भनाइ छ ।

उनले केराको झ्याङमा तितो हुने नीम, चिराइतोको झोलामा पिरो, नुनिलो मिसाएर हाल्दा बाहिरको गभारो मर्ने भए पनि भित्र गुभाको चाहिँ नमर्ने बताए ।

उनले भने, ‘त्यसकारण सबभन्दा राम्रो उपाय त गभारोले धेरै नै ग्रसित छ भने नयाँ विरुवा ल्याएर नयाँ ठाउँमा सार्नुपर्छ ।’

टिस्यु कल्चरबाट केरा खेती गर्दा त्यसमा गभाराे नलाग्ने उनले बताए ।

बाँकी भिडियोमाः

 

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्