गठबन्धनका उम्मेदवारहरुलाई जिताउन चुनावी अभियान थाल्नू : अध्यक्ष यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी माघ १२ गते हुन लागेको राष्ट्रिय सभा सदस्यहरुको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन चुनावी अभियान थाल्न पार्टीका संगठन तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

अध्यक्ष यादवले केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय समिति, संघीय परिषद्, प्रदेश समिति, विशेष प्रदेश समिति, पहिचानमा आधारित राष्ट्रिय समिति र जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रदेश र जिल्लास्तरमा चुनावी अभियान थाल्न निर्देशन दिएका हुन् ।

राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमाेर्चा नेपालसहितको संयुक्त गठबन्धन बनेको छ ।

पाँच दलका बिचमा समन्वय गर्नका लागि पाँचै दलबाट सातै प्रदेशमा नेताहरुलाई जिम्मेवारी समेत दिइएको जनाउँदै अध्यक्ष यादवले सो अनुसार समन्वय गर्न निर्देशन दिएका हुन् ।

रिक्त रहेको राष्ट्रिय सभाको १९ सिटका लागि कांग्रेसलाई ६, माओवादीलाई ५, एकीकृत समाजवादीलाई ५, जसपालाई २ र राष्ट्रिय जनमोर्चालाई १ सिट हुने गरी साझा उम्मेदवारहरु खडा गरिएकाे छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img