देशद्रोही एमसीसी : कोरियाली युद्ध तथा प्रथम विश्वयुद्धका तथ्यहरु

सन् १९३८ अघिसम्म कोरिया एक स्वतन्त्र मुलुक थियो । युरोपेलीझैं साम्राज्यवाद खडा गर्ने धुनमा जापानले सन् १९३८ मा कोरियामाथि आक्रमण गर्यो । अब कोरिया जापानको उपनिवेश बन्न बाध्य भयो । लगत्तै जापानले चीनको मञ्चुरिया पनि कब्जा गर्यो । भनिन्छ, जापानले सम्पूर्ण एसिया तथा हिटलर नेतृत्वमा जर्मनले बाँकी विश्व कब्जा गर्ने सहमति गरेका थिए । त्यसरी जापानी सेनाहरु कोरिया, चीन, बर्मा कब्जा गर्दै हाल भारतको नागाल्याण्डसम्म आइपुगेका थिए ।

पहिलो विश्व्युद्वमा जर्मनविरुद्ध भर्साइल सन्धिसम्म मात्र अघि सरेको अमेरिका हतियार उत्पादन गरेर बेच्दै धन कमाउँदै थियो । दोस्रो विश्वयुद्वमा भने त्यो विश्व महाशक्ति बन्न पुग्यो । जब फ्रान्समाथि कब्जा जमाएर हिटलर सेनाले बेलायतमाथि बम वर्षा गर्न थाल्यो, तब सोभियत राष्ट्रपति स्टालिन समक्ष हिटलरविरुद्ध संयुक्त मोर्चाका लागि बेलायती प्रधानमन्त्री चर्चिलले अनुनय गरे । अब हिटलर विरुद्धकाे संयुक्त लडाइँमा स्टालिन अग्रसर भए ।

स्मरणीय के छ भने कोलम्बसले कथित पत्ता लगाएको अमेरिकी महादेशमा मुख्यत: बेलायतको कब्जा थियो । त्यसैले अमेरिकी स्वतन्त्रता संग्राम, खासगरी अमेरिका र बेलायतबीचको लडाइँ थियो । पहिला बेलायतीलाई लखेटेर धपाउने अनि अमेरिकामाथि आफ्नो साम्राज्य कायम गर्ने रणनीतिमा फ्रान्सले अमेरिकी स्वतन्त्रता संग्रामीहरुलाई भारी सहयोग गरेको थियो । यद्यपि अमेरिकामाथि साम्राज्य कायम गर्ने फ्रान्सेली रणनीति प्रयोग हुन सकेन । जे होस्, यसरी बेलायतविरुद्ध फ्रान्स र अमेरिकाबीच मित्रता बन्न पुगेको थियो ।

अत: दोस्रो विश्वयुद्वमा हिटलरविरुद्ध चर्चिल-स्टालिनबीच संयुक्त मोर्चा अमेरिकाको ढाँड भाँच्ने मोर्चामा परिणत हुन सक्ने खतरा अमेरिकाले ठान्यो र नै फ्रान्स मुक्तिका लागि भन्दै अमेरिकाले जोरजुलुम गर्यो । अब अमेरिकी सेना फ्रान्स हुँदै जर्मनीतर्फ अघि बढ्यो । जब चर्चिल-स्टालिनबीच संयुक्त मोर्चा घोषणा गरियो, लगत्तै हिटलरले आफ्नो मुख्य फौज सोभियत संघमाथि खन्यायो । सोभियत सेना र जनसमुदायले वीरतापूर्वक प्रतिरोध युद्ध लड्दै अघि बढे । परिणामस्वरुप सोभियत सेनाका सर्वोच्च कमाण्डर जोसेफ स्टालिन अमेरिकीहरुभन्दा अगाडि नै बर्लिन पुगे । (पराजय अवश्यम्भावी देखेर हिटलरले आत्महत्या गरे।) यसरी सोभियत नियन्त्रणको समाजवादी जर्मनी र अमेरिका नियन्त्रणको पुँजीवादी जर्मनीमा त्यो विभाजन हुन पुग्यो ।

यसरी विश्व कब्जा गर्न हिडेका हिटलरको अवसान भयो । तर, जापानी सेनाको आक्रमण निरन्तर जारी थियो । अमेरिकी सेनाको एक अखडा पर्लहार्बर टापुमाथि जापानी आक्रमणको निहुँमा अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमाथि अणु बम खसाल्यो । आत्मसमर्पण नगरे टोकियोमाथि पनि अणु बम प्रहार गरिनेछ भन्दै अमेरिकाले जापानलाई २४ घण्टे चेतावनी प्रसार गर्यो । जापानले आत्मसमर्पण गर्यो । सन् १९४५ मा दोस्रो विश्वयुद्ध यसरी सकियो ।

अमेरिका नभए पनि नेपाल सहजै चल्न सक्छ । तर छिमेकी चीन र भारत बिना किमार्थ चल्दैन ।

भनिन्छ, हिटलरको अवसानसँगै आफ्नो सम्राटको रक्षा सुनिश्चित भएमा सोभियत संघको नेतृत्वमा समाजवादको बाटो हिड्न जापान तयार रहेकोबारे जापानले स्टालिनसँग वार्ता पहल बढाएको थियो । त्यो सूचना पाएर नै अमेरिकाले जापानमाथि बिनाशकारी आक्रमण गर्यो । जब आत्मसमर्पण गर्यो, जापान अमेरिकाको पुँजीवादी नेतृत्वमा गयो । परिणाम, चीन लगायत सबैतिरबाट सेना फिर्ता गरे पनि कोरियामाथिको आफ्नो सेना जापानले यथावत राख्यो । अर्को शब्दमा भन्नुपर्दा कोरियामा विश्वयुद्ध जारी रह्यो ।

परन्तु, कोरियाली देशक्तहरुको जनप्रतिरोध युद्ध पनि जारी थियो । त्यसैले सन् १९४७ मा कोरियाली श्रमिक पार्टीको नेतृत्वमा जनवादी गणतन्त्र कोरिया घोषणा गर्दै स्वतन्त्र कोरियाको प्रथम राष्ट्रपतिमा किम ईल सुङलाई चुनियो । लगत्तै अमेरिकाले आफ्नो दलाल सिकमण्ड रीलाई कोरियाको राष्ट्रपति घोषणा गर्यो । यसरी कोरियाली युद्ध विस्तार हुँदै राज्यको विभाजनमा पुग्यो । कोरिया युद्धका केही तथ्यहरु निम्न छन्ः

१. सोभियत राष्ट्रपति स्टालिनको सहयोग र समर्थनमा सन् २९५० मा राष्ट्रिय एकीकरणका लागि उत्तरबाट किम ईल सुङ नेतृत्वको जनसेनाले दक्षिणमा चढाई गर्यो । जहाँ संयुक्त राष्ट्रसंघ सेनाको नाममा अमेरिकाले अड्डा जमाएर बसेको थियो ।

२. कोरियाली जनसेनालाई सहयोग गर्न, भर्खरै स्वतन्त्र बनेको चीनले १ लाख ५० हजार जनमुक्ति सेना कोरियातर्फ खटायो ।

३. कोरियाली युद्धमा उत्तर कोरियाको ९ लाख र चिनीयाँ जनमुक्ति सेनाको ६ लाख गरि सेना तथा जनता समेत ३० लाखको बलिदान भयो ।

४. कोरियाली युद्धमा अमेरिकाले ६ लाख टन बम खसाल्यो । अणु बम चाहिँ यसकारण प्रहार गरेन कि जुन अणु बम सोभियत संघले पनि उत्पादन गरिसकेको थियो ।

५. सुरुमा जापान र त्यसपछि अमेरिकी साम्राज्यवादका कारण सन् १९५३ मा पुगेर कोरिया विभाजनको सिकार बन्यो ।पहिलो विश्वयुद्ध (सन् १९१४-१९१९) मा मारिएका विभिन्न देशका सैनिक एवम् जनसाधारणको संख्या निम्नअनुसार बताइन्छ:

१. रुस साम्राज्यको २८ लाख ४० हजार ।
२. अटोमन (टर्की) साम्राज्यकाे २८ लाख ।
३. जर्मनीको २२ लाख ।
४. अष्ट्रिया-हंगेरीको १८ लाख ।
५. फ्रान्सको १७ लाख ।
६. इटलीको १० लाख ।
७. बेलायतको ८ लाख ५० हजार ।
८. सर्बियाको ७ लाख ।
९. बुल्गेरियाको ६ लाख ।
१०. अमेरिकाको १ लाख १६ हजार ।
११. बेल्जियमको १ लाख ।
१२. पाेर्तुगलकाे  ८२ हजार ।
१३. क्यानडाको ६० हजार र
१४. जनसाधारण १ करोड ।

उपरोक्त संख्यामा प्रथम विश्वयुद्ध नामको अन्तर-पुँजीवादी युद्धमा सैनिक एवम् जनसाधारणको हत्या भएको तथ्य इण्डो-प्यासिफिक सैन्य रणनीति अन्तर्गत देशद्रोही एमसीसी सम्झौताको सन्दर्भमा हेक्का राख्न अत्यन्त जरुरी छ । आज पैदलको सट्टा नाभिकीय युद्ध हुन सक्ने प्रष्ट छ । र त्यसले आम बिनाश गर्ने पनि त्यत्तिकै प्रष्ट छ । तर, यहाँ भन्न खोजिएको अमेरिकाकै कारण नेपाल र नेपालीको जसरी बिनाश निम्त्याइँदैछ, प्रतिरोधमा एमसीसी परियोजना खारेज आन्दोलनलाई देशभक्तिपूर्ण जनप्रतिरोध क्रान्तिमा विकसित गर्नुपर्दछ । अमेरिका नभए पनि नेपाल सहजै चल्न सक्छ । तर छिमेकी चीन र भारत बिना किमार्थ चल्दैन । (किरातीकाे फेसबुक वालबाट)

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. गम्भीर विषयमा तयार गर्नु भएको लेख र लेखकलाई धन्यवाद छ ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्