गलत गरेकाे नाममा मोसो दलेर दुर्व्यवहार गर्ने शैली मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका कार्यकर्ताहरुले पनि सिकेका छन् ।
खोटाङमा आज क्रान्तिकारी माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीका विद्यार्थीहरुले खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीस्थित पञ्चकन्या प्राविका शिक्षक ताकमान राईलाई मोसो दलेर जुत्ताको माला लगाइदिएका छन् ।
यसअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले गलत कार्य गरेकाे भन्दै जनप्रतिनिधि, कर्मचारी वा विभिन्न व्यक्तिहरुलाई मोसो दलेर कारबाहीको नाममा दुर्व्यवहार गर्दै आएका थिए ।
शिक्षक राईमाथि विद्यालयमा नियमित उपस्थित नहुने, मादक पदार्थ सेवन गरेर विद्यालय आउने, विद्यालयमै सुत्ने लगायतका आरोप लगाइएको छ ।
पटक–पटक चेतावनी दिँदा पनि नसुध्रिएपछि उनलाई कारबाही गरिएको अनेरास्ववियू क्रान्तिकारीका नेता तावेल राईले बताएका छन् ।