जेपी गुप्ताले भने- मेयर सरावगीले मधेसकाे अवसरवादी राजनीतिक चरित्र उजागर गरे

मधेसका नेता जेपी गुप्ताले जनता समाजवादी पार्टी छोडेर नेकपा एमालेमा गएका विजय सरावगीको भनाइले मधेसको अवसरवादी राजनीतिक चरित्रलाई उजागर गरेको बताएका छन् ।

वीरगञ्ज महानगरपालिकाका मेयर समेत रहेका सरावगी हिजो एमालेमा प्रवेश गरेका थिए ।

सो क्रममा उनले भनेका थिए, ‘म यस पार्टीमा झण्डै नआउने स्थितिमा थिएँ, कुनै अर्को पार्टीमा गइराखेका थिएँ । तर मेरा मित्र दाजु मोती दुगडजीले बीच बाटोमै समातेर ओलीजीसँग भेट गराइदिनुभयो, त्यसपछि म एमालेमा आएँ ।’

तत्कालिन मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का नेता समेत रहेका गुप्ताले हिजै ट्वीटमा सरावगीको भनाइलाई लिएर कमेन्ट गरेका हुन् ।

उनले लेखेका छन्, ‘जसपाबाट निर्वाचित वीरगञ्जको मेयरको यस भनाइले मधेसमा सबैखाले राजनीतिको यथार्थ अस्तिर र अवसरवादी चरित्रलाई उजागर गर्दछ ।’

व्यापारी समेत रहेका सरावगी एमालेमा प्रवेश गर्नुअघि नेपाली कांग्रेसमा जान खोजेका थिए । त्यसका लागि वार्ता भइरहेको भए पनि उनी एक्कासी एमालेमा प्रवेश गरेका हुन् ।

उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्