स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सत्तारुढ दलहरुको सहमति

सत्तारुढ दलहरुले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एकताबद्ध भएर जाने समझदारी गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा एकताबद्ध भएर जाने सहमति गरेको हो ।

बैठकपछि पत्रकारहरुसँग कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने बताए ।

बैठकमा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूणर्बहादुर खड्का, महामन्त्री गगन थापा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img