स्थानीय तहको निर्वाचनमा खोटाङमा रहेका दश वटा स्थानीय तहमध्ये ६ वटामा चार दलीय गठबन्धनबीच तालमेल गरिएको छ ।
चार वटामा भने नेपाली कांग्रेस एक्लै लड्ने भएको छ ।
हिजो राति चार दलीय गठबन्धनको बैठकले उम्मेदवार तालमेलबारे सहमति गरेको हो । वडा तहको तालमेलबारे आज गठबन्धनको बैठक बस्दैछ ।
सूची हेर्नुस्, कुन पालिकामा कसको उम्मेदवार ?
१) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाः
मेयरमा कांग्रेस
उपमेयरमा माओवादी ।
२) हलेसी तुवाचुङ नगरपालिकाः
कांग्रेस एक्लै लड्ने
माओवादी, जसपा र नेकपा एस मिलेर लड्ने ।
३) रावावेशी गाउँपालिकाः
अध्यक्षमा कांग्रेस
उपाध्यक्षमा माओवादी ।
४) ऐसेलुखर्क गाउँपालिकाः
अध्यक्षमा माओवादी
उपाध्यक्षमा कांग्रेस ।
५) केपिलासगढी गाउँपालिकाः
कांग्रेस एक्लै लड्ने
अध्यक्षमा नेकपा एस
उपाध्यक्षमा जसपा ।
६) साकेला गाउँपालिका
कांग्रेस एक्लै लड्ने
अध्यक्षमा माओवादी
उपाध्यक्षमा जसपा ।
७) दिप्रुङ चुइचुम्मा गाउँपालिकाः
कांग्रेस एक्लै लड्ने
तीन दल मिलेर लड्ने ।
८) खोटेहाङ गाउँपालिकाः
अध्यक्षमा माओवादी
उपाध्यक्षमा कांग्रेस ।
९) जन्तेढुङ्गा गाउँपालिकाः
अध्यक्षमा माओवादी
उपाध्यक्षमा कांग्रेस ।
१०) बराहपोखरी गाउँपालिकाः
अध्यक्षमा कांग्रेस
उपाध्यक्षमा नेकपा एस ।
यसैगरी जिल्ला समन्वय समितिकाे प्रमुखमा जसपा र उपप्रमुख भने टुङ्गाे लगाउन बाँकी छ ।
एक्लै लडन परिणाम के हुंछ ? बुझेर निर्णय ग़र : पाजी लाछी हो ! प्रतिगामी प्रतिगमनकारी पनि मोर्चाबंदी गर्दैछन !
काउरेस र मावबादी भोट हाला हाल गर्देन दिप्रुङ मा गठबन्धन नभयकै राम्रो !
बिचरा एस र जसपा त भोट दिने मात्र होइछ लिन १/१ उपाध्यक्ष मात्र बोल्न त माकुन्ने बहुमत हाम्रो हुन्छ भन्छ्न है