नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार दर्ता गराएपछि केशव स्थापितले गठबन्धनको भन्दा दोब्बर मत ल्याएर जित्ने दाबी गरेका छन् ।
आज काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएपछि उनले भने, ‘गठबन्धनको भन्दा डबल मत ल्याउँछु । गठबन्धनले ७० हजार ल्यायो भने म त्यसको डबल ल्याएर जित्छु ।’
२०७४ सालको स्थानीय तहको निर्वाचनमा स्थापित तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट मेयर लडेका थिए ।
एमालेले उपमेयरमा भने पूर्व मिस नेवा सुनिता डंगोललाई उम्मेदवार बनाएको छ ।
एमालेका उम्मेदवार, कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको साझा उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन् ।
