साेनाम सज्जन किराती
डि काे अर्थ वाम्बुले भाषामा कलेजाेलाई भनिन्छ । कुवा भनेकाे त पँधेराे भइहाल्याे । भूतपूर्व गाविसअध्यक्ष लालकेशर राई बताउनुहुन्छ- यसकाे वाम्बुले समाजसँग तात्विक महत्त्वकाे सम्बन्ध राख्छ । दुधकाेसी (ग्ल्वकु) सुनकोसी (ब्रिङ्कु), याे दुई नदीकाे संगमस्थल किनार आसपासमा छरिएर बसाेबास गर्ने समुदायहरुमध्ये वाम्बुले राई प्रथम र प्रमुख समुदाय हाे । याे समुदायलाई चाैरासे पनि भनिन्छ । वाम्बुले राईहरु खाेटाङकाे हकमा साबिक गाविसहरु डिकुवा, बाहुनीडाँडा र च्यास्मिटारमा बढी बसाेबास गर्दछन् ।
वाम्बुले राईहरु प्रकृतिपुजक हुन् । उनीहरु किरात मुन्धुमअनुसार आफ्नो संस्कार मान्दछन् । २०५८ सालकाे जनगणनाअनुसार नेपालभरि वाम्बुलेहरुकाे जनसंख्या ५ हजार मात्रै देखिएको छ ।
वाम्बुलेहरु जसकाे अलग्गै भूगाेलमा र सामाजिक विकास भएकाे कुरा उसको भाषा सांस्कृतिक परम्पराले स्पष्ट देखाउँछ । भुम्जु र लिब्जु याे दुई पर्वत थुम्कालाई बिशेष गरी आफ्नो धार्मिक आस्थाको रुपमा मान्दै फलाक्दै आएको अबस्था छ । भुम्जु खाेटाङमा पर्छ भने लिब्जु पहाड ओखलढुंगामा उभिएको छ ।
हामी वाम्बुलेहरुकाे मूल थलाे उबु (वाम्बु) चाैरास हाे । त्यहीँबाट सिकार खेल्दै हिड्दा वाम्बुले पुर्खाहरु काेही खाेटाङ तरियाे, काेही उदयपुर पुगे । उदयपुरको लेक्खानी रूपटार थानागाउँस्थित वाम्बुले बस्ती रहनुले पुष्टि हुन्छ काेही सिन्धुली गए । सिन्धुलीकाे रत्नावती किनार सुनकाेसी किनारमा बसाेबास गरिरहेकाे पाइन्छ । यसरी छरिएको तथ्यहरु हाम्रा अग्रज पुर्खाहरु बाघसिं राई,आइबहादुर राईहरुले बताउनुहुन्थ्यो ।
डिक्खाेलाकाे मुहान भुम्जु पहाड त्यहाँबाट बगेर पानी तल सुनकाेसी र दुधकाेसीमा मिसिन्छ । त्याे आसपासकाे भाैगाेलिक अबस्था ठ्याक्कै कलेजाे आकारले बनेको पहाडकाे फेद फैलिएको भूभाग छ । यसाे भएकोले वाम्बुले भाषामा डि:कुवा भनियाे ।
डिकुवाकाे बिगत
डिकुवाकाे भाैगाेलिक अबस्था बिचमा डिक्खाेलाले छुट्याएको दुई पाटा छन् । याे दुई पाटाकाे द्वन्द्व कथा आ-आफ्नै छ । (वारि र पारि) । याे नारा २०५४ सालपछि अलि बढी चर्किएको हाे । बखत राई पारी पक्षकाे पुर्खा हुन् । उनी त्यस क्षेत्रकाे एकदमै क्रुर मानिस थिए ।
लगभग दुईचार पुस्ता अगाडिकै कुरा हाे । उनको छेउछाउ बच्चा समेत रुन नहुने । प्रायः त्यस भेगमा सुन्न पाइरहने याे एक दर्दनाक घटना कथा हाे । एकदिन घरमा बसेको बेला बच्चा रुएछ । न छाेरा या नाति, एकछिन हातमा राखेर फकाउन खाेजेछ । बच्चा रुन छाेडेन । उनकाे पालाे बच्चालाई माथितिर फाल्दियाे, तल हातमा खुकुरी थाप्याे र बच्चा झर्दा हातमा समातेका हतियारमा पारेर रेटियाे र उनको निधन भयाे । यस्तो समेत गर्ने पुर्खाहरु त्यहीँ थिएछन् । जुन पुर्खाकाे बिरासत जस्तै सिकाे वा धङधङी अझैसम्म मेटिएकाे छैन । सबैलाई भनिएको हैन केही पात्र प्रवृत्तिहरुबारे तल स्पष्ट पारिनेछ ।
याे घटनापछि एकथरि मानिसहरुलाई रिस वा क्राेध मनमा पैदा भयाे भने म या हामी फलना ढिस्काकाे गाउँले नाति पनाति भन्ने चलन हुन्छ । त्याे बिरासत अहिले ठ्याक्कै डिकुवाकाे मै हुँ कांग्रेस प्रतिनिधि भन्नेहरुमा प्रष्ट देख्न सक्नुहुन्छ ।
हरिकुमार खड्का र देविन्द्र राईकाे पुनः चुनावी प्रतिस्पर्धा हुँदैछ, दुवैलाई परदेशबाट राजनीतिक शुभकामना । जित्नेले सच्चिएर निस्वार्थ जनताको सेवक बनुन्
कांग्रेसमा जन्मजय राई (भूपू जिबिस खाेटाङ उपसभापति) भूपू डिकुवा गाविस उपाध्यक्ष- धनसुन्दर राई पनि जन्मेका हुन् । तर, याे लहरलाई जसराज राई देबेन्द्र राई नामले अहिले मात्रै हैन जब कांग्रेसमा प्रबेश गरे, त्यतिबेलादेखि उनीहरूले लाखापाखा अर्थात बिस्थापन गर्ने चेष्टा गर्याे । जसराज प्रबृत्ति बाहिर मिठाइ भित्र जहर भएर बसेको चिन्तन दृष्टिकोण उनै कांग्रेसीहरुले बुझि रहँदा फरक पर्दैन । किनभने यस्तो प्रवृत्तिबारे तल भण्डाफाेर गरिएको छ ।
दाम्ली र बाकखाेर
दाम्लीमा सामुदायिक भवन भत्काउनुकाे मतलब के थियाे जसराजलाई ?
बहुदलीय ब्यबस्थापछि भुम्जुकाे दानबहादुर अधिकारी अध्यक्ष र दाम्लीकाे धनसुन्दर राई उपाध्यक्षमा निर्वाचित भए कांग्रेसबाट । अक्सर अधिकारी र राई मिजासिला स्वाभावका थिए । जनताको दुखसुख बुझ्न निरन्तर गाउँलेहरुकाे घरघरमा पुगिरहन्थे । यी दुई व्यक्तिकाे व्यक्तित्व निकै उचाे थियो । त्याेभन्दा अघिल्लो शासक बल्नसेर राई भएको हाे । उनी रवाफिला खालका थिए । छाेटे राजा सरह उनको सत्ताले पञ्चायती व्यवस्थालाई सहयाेग गर्नु थियो । उनकै रवाफमा गाउँ पञ्चायत कार्यलय डिकुवा यानेकि आफ्नै घरछेउमा उपस्थित गराइएकाे स्थानीयहरु बताउँछन् । त्यसभन्दा अघि गाउँको शासन प्रशासन डिकुवाबाट चलेकाे थिएन, दाम्लीबाट चलेको थियाे । याे तथ्य इतिहास अझै जीवित छ । दाम्लीमा अझैसम्म झगडा मिलाउने ठाउँ मैदान पनि छ । त्यस ठाउँलाई झगडेटार भनिन्छ । र, हुलाक स्थापना गरिएको ठाउँ पनि छ । हुलाक स्थापना गरिएको ठाउँलाई हुलाकघर भनिन्छ । जुन घरकाे व्यक्ति लालकेशर राई पूर्व गाविस अध्यक्ष समेत हुन् ।
आर्थिक काराेबार हुने घर कार्यालयलाई कारबारी भनिन्छ । जुन घरकाे व्यक्तित्वहरु कारबारी भनिन्छ । सत्ताकाे रक्षक सिपाहीहरुलाई द्वारे भनिदाे रहेछ । त्याे जिम्मेवारी प्राप्त व्यक्तिलाई द्वारे माइलाकाे घर भनेर चिनारी छँदैछ । र, काजी पद प्राप्त खान्दानहरुलाई काजीकाे घर भनिएको छ ।
यसरी हेर्दा बिगत सत्ता पञ्चायत आगमनपछि दाम्लीबाट खाेसिएकाे अनुमान पक्कापक्की छ । भीमराज राईकाअनुसार दाम्लीकाे जिम्वाल मुखियाहरु सनकसिं राई, उनकाे छाेरा कर्णबहादुर राई, त्यसैगरी मेघबहादुर राई र बडिमान राई जसकाे छाेरा दुर्जबहादुर राई हुन् ।
यसरी हेर्दा दुर्जबहादुर पछाडि पञ्चायती व्यवस्था लागू हुनासाथ दाम्लीमा चलेको सत्ता मुकाम विस्थापन भएको अनुमान फेल हुन्न । शासन जतिसुकै सानाे आकारको किन नहाेस्, त्यसले एउटा केन्द्र खाेज्छ । जनताले सहज तरिकाबाट सुविधा लिन या दिनकाे खातिर आवश्यक पनि हाे ।
त्यसरी चलेकाे मुकाममा दानबहादुर अधिकारीले भुम्जुबाट पाँच वर्ष सातु बाेकेर बुढेसकालमा डिकुवा धाउन बाध्य पारियाे । बाध्यताले धाए पनि, त्यसपश्चात उनको निधन भयाे । धनसुन्दर कार्यबाहक अध्यक्ष बने । त्यसपछि एकवर्ष गाविस सचिवलाई डिकुवा कार्यलय हैन दाम्ली अध्यक्ष उपाध्यक्ष निवास नै गाविसकाे अस्थायी कार्यालय भयाे ।
उहाँकाे कार्यकालपछि यही उदेश्यले आफू कांग्रेसी भए पनि दाम्लीकै उम्मेदवारले जिताेस्, जिताउन सहयाेग गरेकै कारण एमाले उम्मेदवार लालकेशर राई अध्यक्षमा निर्बाचित भएका हुन् । उनै लालकेशर राई अध्यक्ष हुँदा गाउँ विकास समितिको कार्यालय डिकुवा नभई पुरानै शासन सत्ता सञ्चालित दाम्लीमा रहनुपर्छ भन्ने १ देखि ९ सम्मका (६ र ७ वडाबाहेक) अन्य वडाकाे समुदायको माग हुँदा त्यसको बिकल्पमा सामुदायिक भवन निर्माण गरी दाम्लीबाट गाविस कार्यालय चलाउने निधाे अनुसार सामुदायिक भबन बन्दै थियाे ।
जसराज राईकाे अदृश्य निर्देशन र गुप्त आक्रमणमा झण्डै ५० जनाकाे जत्थाले त्याे दाम्लीमा निर्मित सामुदायिक भवन भत्काइ पुर्णरुपमा नष्ट गर्ने काम भयाे । यसले जसराजकाे राजनीति स्खलित भयाे । डिकुवाली माँझ छरपस्ट भयाे । डिकुवालीहरु समक्ष र स्पष्ट छन्, अब यस्तो चरित्र बाेक्ने पात्रहरुलाई जिताएर ठुलो भुल हुन दिने छैनन् ।
लालककेशरपछि जनताले हरिकुमार खड्का राेजे । अब फेरि उनी वडापालिकाकाे अध्यक्षमा निर्वाचित हुन दाेस्राेपटक पनि उम्मेदवारी दिइरहेका छन् । अघिल्लो पाँच बर्षमा यिनले वडा कार्यालय ताेक्न फुटेको बचन बाेलेनन् । यसरी हेर्दा यिनकाे पनि घिनलाग्दाे अबस्था देखिन्छ ।
संघीय शासनपछिकाे १ नम्बर प्रदेश खाेटाङ हलेसी तुवाचुङ नगरपालिका २ मा अवस्थित समस्या वडा कार्यालय नै हाे । यसरी बिभाजित मानसिकता बाेकेर बस्ने अवस्था हाम्रा चुनाव जित्न आतुरदारहरुलाई कहिलेसम्म मसला बनाउन दिने या छिनोफानो फैसला लिन ढिलाे गर्ने तमाम डिकुवाली जनसमुदायमा भरपर्छ ।
आउने निर्वाचनमा वडा कार्यालय दाम्लीमा ताेक्न जाे अघि बढ्छ, त्यहीँ पक्षले निश्चित छ चुनाब जित्ने आधार । तर, जिताएर के गर्नु, जिताएपछि जनताले जिते मैले भन्ने अनुभुती हुन छाेडिसकेकाे छ । तर पनि डिकुवाकाे मत उसैले पाउने हाे भन्छन् स्थानीयहरु ।
अहिले पुन उम्मेदवारी दिएर एमालेबाट हरिकुमार खड्का र नेपाली कांग्रेसबाट देबिन्द्र राई चुनाबी मैदानमा देखिन्छन् । आमनेसामने प्रतिस्पर्धा चल्दैछ । याे प्रतिस्पर्धा हेर्न नेकपा माओवादी याेपटक शक्ति सञ्चयमा लागेको बताउँछन् माओवादी केन्द्रका स्थानीय प्रतिनिधिहरु ।
तुलनात्मक हिसाबले यी दुई पात्र र प्रबृत्तिबिच नेकपा एकीकृत समाजवादीका जिल्ला नेता लालकेशर राईकाे उम्मेदवारीको चर्चा पनि चलेको थियाे । उनले उम्मेदवारी नदिएर यी दुबै बराबर बदमासकाे राेचक भिडन्त हाेस् भन्ने ठानेकाे हुनसक्ने उनै लालकेशरकाे सहपाठीहरु बताउँछन् ।
नेपाली कांग्रेसका उम्मेदवार देबिन्द्र राई हाडनाता बिबाह सम्बन्ध कायम गरेको विषयले उनकाे पार्टीको छवि बिग्रिएकाे र स्वच्छ छवि भएका मानिसहरु सधैं पाखा लाग्नुपर्नेभाे भन्ने गुनासो चारैतिर छ ।
खानेपानी लिफ्टिङ याेजनामा संलग्न पाइप पुर्न हाेल खन्दा प्रत्येक मिटरमा मजदुरहरुकाे देविन्द्र राईले १० देखि २५ रुपैयाँसम्म हिनामिना गरेको गुनासो जीवित छ ।
धन सम्पत्तिको तागत औकातमा दम्भी हुनु, छिमेकीहरुले अटेर गर्दा त्यसकाे सजाय घरमै गएर हातपात गराउनु जस्ता विविध घटना त कति छन् कति ।
एक समय आफ्नाे फेवरमा पार्टी सभापति हिरासेर राईले निर्णय नगरिदिँदा उनको घरमै गएर मध्यरातमा हातपात गरेको घटना यहाँ उल्लेखनीय प्रमाणकाे रुपमा लिँदा हुन्छ । यसरी कांग्रेस डिकुवामा ध्वस्त हुँदैछ । जन्मजय र धनसुन्दरकाे हातमा पुग्यो भने वा स्वच्छ व्यक्तिकाे हातमा कांग्रेस पुग्यो भने फेरि कांग्रेसी पुनर्जीवन सम्भव हाेला ।
अर्को उम्मेदवार हरिकुमार खड्काकाे पनि बिगतमा थुप्रै कमजाेरी देखिएको छ । युवाको लागि फुटबल ग्राउन्ड जङ्गलमा लगेर राखिएको छ । सडकहरु मनाेमानी तरिकाले खानिएकाे छ । हरेक विकासे आयाेजना एमालेकरण गरेर (केन्द्र बाहेक) कुनै याेजना पुरक टुंगाेमा पुगेको छैन ।
सडक खनिएको रकम ऋण असुली भएकै छैन । जनताको बजेटमा स्वच्छ उपभोक्ता समितिले काम गर्नुपर्ने आफ्नो पक्षमा जुझ्न तम्सनेहरुलाई बजेट बिनियाेजन गरिएको देखिन्छ । युवा, कृषक, जनजाति, दलित, महिलाकाे बजेट कताकता खाेज्नुपर्ने हाे ? हरिकुमार खड्काको कार्यकालमा कता के के भएको छ ? यतैबाट प्रश्नै गरिन्छ ।
विद्यालय भवन निर्माण त पुरानै अपारदर्शीता हाे, लगायत थुप्रै अपारदर्शी कामहरु गरेको आराेप भाेगिरहेका खड्का २०७४ यता संघीयता कार्यान्वयनपछिकाे प्रथम साबिक डिकुवास्थित वडाअध्यक्ष हुन् । हरिकुमार खड्का र देविन्द्र राईकाे पुनः चुनावी प्रतिस्पर्धा हुँदैछ । दुवैलाई परदेशबाट राजनीतिक शुभकामना । जित्नेले सच्चिएर निस्वार्थ जनताको सेवक बनुन् ।