क्रमशः माओवादीका अर्जुनकुमार खड्का, कांग्रेसका रविप्रकाश राई र एमालेका गोपीकृष्ण खड्का

खोटाङको साकेला गाउँपालिकामा अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार अर्जुन खड्कालाई कांग्रेसका उम्मेदवार रविप्रकाश राईले ५७ मतले पछि पारेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार खड्काले १६२८ मत ल्याएका छन् भने राईले १६८५ मत ल्याएका छन् ।

नेकपा एमालेका उम्मेदवार गोपीकृष्ण खड्काले भने ९२४ मत ल्याएका छन् ।

उपाध्यक्ष पदमा एमालेकी दिलकुमारी राईले १०१३ मत, कांग्रेसकी सरिता खड्काले ११८३ मत र माओवादीकी बिर्सिका राईले १८७३ मत ल्याएकी छन् ।

साकेला गाउँपालिकाको ५ वडामध्ये चार वटा वडाको मत गणना सकिएको छ ।

हाल वडा नं १ को मतगणना भइरहेको छ । वडा नं १ कांग्रेस उम्मेदवार राईको वडा हो ।