मेरा सबै प्रतिवद्धता कार्यान्वयन गर्नेछुः साकेला गाउँपालिका अध्यक्ष राई (भिडियो)

साकेला गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रविप्रकाश राईले जनतासँग मत माग्दा आफूले गरेका प्रतिवद्धताहरु अक्षरंश कार्यान्वयन गर्ने बताएका छन् ।

नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष राईले मतदाताहरुलाई धन्यवाद दिँदै भने, ’तपाईंहरुलाई मैले जुन प्रतिवद्धता गरेर आज जितको संघारमा पुर्याउनुभयो ती सबै प्रतिवद्धताहरुलाई अक्षरंश पालना गर्ने प्रतिवद्धता जाहेर गर्न चाहन्छु ।’

उनले निर्वाचनका क्रममा विरोधीहरुले आफ्नाे बारेमा गलत भ्रम फैलाएको समेत बताए ।

उनले भने, ’साथीहरुले भन्नुहुन्थ्यो रविप्रकाश राई जितेपछि पालिकामा जाँदा प्रहरी लिएर जानुपर्छ, भोट माग्दा दिएन भने गुण्डा लगाएर कुटाउँछ भनेर भ्रमित कुरा पनि गर्नुभो । म तपाईंहरुको माँझमा विश्वास दिलाउन चाहन्छु म तपाईंहरुलाई मालिक बनाएर भगवानको रुपमा राखेर साकेला गाउँपालिकाको सरकार चलाउँछु ।’

उनले गाउँपालिकाको उपाध्यक्ष पदमा माओवादी केन्द्रकी बिर्सिका राईले जितेको भन्दै अब आ–आफ्नाे आस्था छोडेर गाउँपालिकालाई समृद्ध बनाउन जुट्नुपर्ने बताए ।

उनले गाउँपालिकाको विकास र समृद्धिको लागि सबैको सहयोगको अपेक्षा पनि गरे ।

स्थानीय तहको निर्वाचनअनुरुप सोमबार साँझ साकेला गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको थियो ।

माओवादीका अर्जुनकुमार खड्कालाई ७८ मतले पराजित गर्दै कांग्रेसका राई गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि कांग्रेसले गाउँपालिकाको केन्द्र मानेभन्ज्याङमा सोमबार साँझ नै विजय र्याली तथा कोणसभाको आयोजना गरेको थियो ।

सो क्रममा नवनिर्वाचित अध्यक्ष राईले जनताको बिचमा गरिएका सबै प्रतिवद्धता कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका हुन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img