फुर्पा तामाङले माफी मागे, अभिनेत्रीले भाइ सम्झेर माफी दिइन्

चलचित्र ’कबड्डी-४’ की अभिनेत्री मिरुना मगर र चलचित्र हेर्न काठमाडौंको सिभिल मलस्थित क्युएफएक्स हलमा पुगेका फुर्पा तामाङबीच सिर्जना भएकाे विवाद सहमतिमा टुंगिएको छ ।

गत जेठ १५ गते चलचित्र हेर्न पुगेका तामाङले आफूलाई पछाडिबाट छोएर दुव्र्यवहार गरेको भन्दै आफ्ना फ्यानहरुकै बीचमा अभिनेत्री मगरले उनलाई थप्पड हानेकी थिइन् ।

मगरले बौद्ध लामा समेत रहेका तामाङमाथि थप्पड हानेपछि सोविरुद्ध आन्दोलन भएको थियो । मगरकाे पुत्ला समेत जलाइएकाे थियाे । चलचित्रका पाेस्टरहरु च्यातिएकाे थियाे ।

जसका कारण चलचित्रको व्यापारमा समेत अबरोध पुग्ने भएपछि चलचित्र निर्माण पक्षका अभिनेता दायाहाङ राई, निर्देशक रामबाबु गुरुङ र बौद्ध भिक्षु पक्षबाट खेन्पो कमल भण्डारी, मिङ्ग्युर तामाङ लगायत बसेर आज उक्त विवाद टुंगो लगाएको हो ।

उक्त घटनापछि पक्ष र विपक्षमा सामाजिक सन्जालमा पनि व्यापक बहस भएको थियो । जसका कारण फिल्मलाई घाटा लाग्ने अवस्था पैदा भएको थियो ।

सहमतिपत्रमा मगर र तामाङ दुवैले हस्ताक्षर गरेका छन् ।

जसमा मुगु घर भएका तामाङले गल्ती स्वीकार गरेर माफी मागेको र अभिनेत्री मगरले भाइ सम्झेर माफी दिएकी उल्लेख छ ।

अभिनेत्री मगरले कुनै जाति, धर्म र सम्प्रदायप्रति असर पुग्ने आसयले सो कार्य नगरेको र आकस्मिक प्रतिक्रियाको रुपमा उक्त घटना भएको भन्दै बौद्ध धर्मावलम्बी समुदायसँग क्षमा याचना गरेकी छन् ।

सहमति पत्र

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्