जिल्ला समन्वय समिति खोटाङको प्रमुखमा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सनबहादुर राई निर्वाचित भएका छन् ।
उपप्रमुखमा नेकपा माओवादी केन्द्रका सुरेश तामाङ निर्वाचित भएका छन् । राई र तामाङ सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेदवार थिए ।
दुवै उम्मेदवारले १६/१६ मत पाएर विजयी भएका हुन् ।
जिल्ला समन्वय समितिकाे प्रमुख, उपप्रमुख र सदस्यहरुको आज भएको निर्वाचनमा गठबन्धनका सबै उम्मेदवारहरु विजयी भएका हुन् ।
समितिकाे खुला सदस्यमा कांग्रेसबाट दुर्गाप्रसाद घिमिरे, ज्ञानेन्द्र राई, मोहन सुप्तिहाङ, खुला महिला सदस्यमा कांग्रेसबाटै कला राई निर्वाचित भएकी छन् ।
यसैगरी माओवादी केन्द्रकी विष्णुमाया राई र नेकपा एकीकृत समाजवादीकी दिलकुमारी राई पनि खुला महिला सदस्यमा निर्वाचित भएकी छन् भने दलित महिला सदस्यमा माओवादी केन्द्रकी चमेली विश्वकर्मा निर्वाचित भएकी छन् ।
निर्वाचनमा प्रमुख र उपप्रमुखमा नेकपा एमालेबाट किशोरकुमार श्रेष्ठ र सन्तोष राई उम्मेदवार थिए । उनीहरु दुवैले चार/चार मतमात्रै पाए ।

