गत वैशाख ३० गतेकाे स्थानीय तहकाे निर्वाचनमा मधेश प्रदेशस्थित जनकपुरधाम उपमहानगरपालिकाकाे प्रमुखमा स्वतन्त्र उम्मेदवार रहेका बलराम महताे जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

साेमबार जनकपुरधाममा आयोजित कार्यक्रममा जसपाका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले महताेलाई स्वागत गरेका छन् ।

महताे अब हुने प्रतिनिधिसभाकाे निर्वाचनमा धनुषा क्षेत्र नं २ बाट उम्मेदवार बन्ने गरी जसपामा प्रवेश गरेकाे बताइएकाे छ ।

महताे रमण कन्स्ट्रक्शन प्रा.लि.का सञ्चालक हुन् । ठेकदार उम्मेदवार नै बन्न नपाउने कानुनी व्यवस्था बनेपछि उनले उक्त कम्पनी छाेराेकाे नाममा सारेका थिए ।

जनकपुरधामकाे प्रमुखमा स्वतन्त्र उम्मेदवार बनेका मनाेजकुमार साह निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसबाट बिद्राेह गरेर प्रमुखकाे उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here